काठमाडौ, १३ मंसिर–सशस्त्र प्रहरीले झापामा हतियार सहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई झापाको केचनाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करहरुलाई लखेट्दै नेपाल छिरेको बताउने उनीहरुलाई केचनामा रहेकको सशस्त्र प्रहरी बेसक्याम्पमा राखिएको सशस्त्र प्रहरीले जनाएको थियो । केही दिन अघि मात्र भारतीय एसएसबीले नेपाल छिरेर चार जना नेपाली माथि गोली चलाएको थियो ।