अख्तियारद्वारा इन्धनमा भइरहेको कालोबजारी रोक्न निर्देशन

134

काठमाडौँ, १४ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नाकाबन्दीका कारण मुलुक संकटमा परिरहेका बेला इन्धनमा कालोबजारी भइरहेको भन्दै तत्काल कालोबजारी रोक्न सम्बन्धीत निकायलाई निर्देशन दिएको छ ।

आयोगले आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरीका अधिकारीलगायतलाई आयोगमा बोलाएर इन्धनमा भइरहेको कालोबजारी तुरुन्त रोक्न निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बजारमा इन्धनको खुलारुपमा कालोबजारी भइरहँदा समेत सम्बन्धित निकायले ध्यान नदिएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
कालोबजारी रोक्न प्रभावकारी कदम नचाले कारबाही गर्ने अख्तियारले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here