‘कबड्डी कबड्डी’ले करोड पार गर्‍यो

460

काठमाडौं/ अघिल्लो वर्षको सफल फिल्म ‘कबड्डी’को सिक्वेलको रूपमा आएको चलचित्र ‘कबड्डी कबड्डी’ले करोडभन्दा बढी कमाउन सफल भइसकेको दाबी गरिएको छ ।
निर्माता माधव वाग्लेका अनुसार गत शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त फिल्मले मल्टिप्लेक्स र थिएटरमा गरी १ करोड ३० लाख व्यापार गरेको छ । रामबाबु गुरुङ र साहित्यकार उपेन्द्र सुब्बाद्वारा कथा लेखिएको र गुरुङ निर्देशित उक्त चलचित्रमा मुस्ताङको थकाली समुदायको कथा समेटिएको छ । उक्त समुदायमा मामाचेला, फुपुचेलीबीच विवाह गर्ने चलन रहेको कथा समेटिएको उक्त फिल्मको अघिल्लो भाग दर्शकहरूले अत्यधिक रुचाएका थिए । निर्माताका अनुसार शनिवार मल्टिप्लेक्स हलका दर्शकले पालो कुरेर फिल्म हेरेका थिए ।
उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, माओत्से गुरुङ लगायतले अभिनय गरेका छन् । निश्चल बस्नेत र प्रियंका कार्कीको विशेष भूमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here