काठमाडौं/ नेपालमा जनप्रतिनिधिबाट नयाा संविधान घोषणा गर्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा भएपछि उक्त संविधानमा आफ्ना एजेन्डा समावेश गर्न नपाएको भारतले नेपालमा नांगो नाच देखाइरहेको छ । संविधान जारी भएपछि छिमेकी मुलुक चीनसहित अमेरिका, बेलायत, पाकिस्तानलगायतका शक्तिशाली मुलुकहरूले समेत नेपालको संविधानलाई स्वागत गर्दै शुभकामना दिादा नजिकको छिमेकी भनिएको भारतले भने नयाा संविधानलाई स्वागत गर्नुको सट्टा नोट गरेका छाौ मात्र भन्यो । संविधानले आफ्ना स्वार्थलाई नसमेटेको भन्दै दुई तिहाइले पारित भएको संविधानलाई तत्काल घोषणा नगर्नका लागि भारतले विशेष दूतहरू पठाउनेदेखि नेताहरूलाई धम्की दिनेसम्मको काम गर्यो । नेपालको संविधानमा उल्लेख गरिएका विषयको अध्ययन नै नगरी त्यसको अपव्याख्या गर्ने र नेपालमा चौतर्फी दबाब सिर्जना गर्नका लागि मधेसी तथा जनजातिलाई उचाल्ने काम गरिरहेको भारतले अढाइ महिनादेखि अघोषित नाकाबन्दी लगाइरहेको छ । नयाा संविधानमा देखावटी रूपमा मधेसी जनताका मागहरू सुनुवाइ नभएको भन्दै अनावश्यक हस्तक्षेप गर्दै आएको भारतले नेपालको संविधानलाई संशोधन गरेर जसरी भए पनि आफ्ना स्वार्थहरूलाई समावेश गराउन चाहन्छ । त्यसैको परिणाम हो नाकाबन्दीदेखि मधेस आन्दोलनका नाटक ।
कुनै पनि मुलुकले अर्काे मुलुकसागको कूटनीतिक सम्बन्ध विस्तार र सुमधुर बनाउनका लागि अर्काे मुलुकमा राजदूतका रूपमा प्रतिनिधि खटाउने गर्छन् । त्यही मिसनसहित भारतले पनि नेपालमा आफ्ना राजदूत पठाउने गर्छ । तर पछिल्ला केही वर्षयताका उदाहरण हेर्ने हो भने नेपालसागको भारतको सम्बन्ध विस्तारभन्दा पनि बिगार्नका लागि राजदूतहरूको भूमिका महत्वपूर्ण हुने गरेको छ । नेपालमा नयाा संविधान जारी भएपछि नेपालको संविधानलाई भारतले स्वागत गर्ने वातावरण बनाउनका लागि अहिलेका राजदूत रञ्जित रायको भूमिका महत्वपूर्ण हुनसक्थ्यो । तर भारतीय राजदूतले नेपालमा कूटनीतिक गतिविधि कम र राजनीतिक गतिविधिमा बढी सक्रियताको परिणाम हो अहिलेको नेपाल–भारत सम्बन्धको अवस्था र भारतको एकपक्षीय गैरकूटनीतिक व्यवहार ।
भारतीय राजदूत रञ्जित रायले नेपालमा बसेर गैरकूटनीतिक चरित्रमात्र प्रदर्शन गरेका छैनन्, नेपालको सद्भाव खलबल्याउनका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । जस्तो मधेसी नेताहरूलाई आन्दोलन भड्काउन उक्साउने, जनजाति नेताहरूलाई भेटेर जातीय सद्भाव खलबल्याउन उक्साउने र नागरिक समाजको नाममा मुलुकलाई कलंकित तुल्याउने बाबुराम भट्टराई, दमननाथ ढुंगाना पदमरत्न तुलाधरलगायतका व्यक्तिहरूलाई सद्भाव खलबल्याउन प्रयोग गर्ने काममा पनि राय योजनाबद्धरूपमा लागेका केही उदाहरणहरू पछिल्लो समय देखिादै आएका छन् । तर एउटा राजदूतको गैरकूटनीतिक र असहिष्णु गतिविधिप्रति सरकार चुप छ । राजनीतिक दलका नेताहरू उल्टै रायलाई स्वस्ती गर्दा गर्व महसुस गर्छन् । भारतीय राजदूत रायले नेपालमा जुन किसिमको व्यवहार देखाइरहेका छन्, त्यस आधारमा उनलाई कूटनीतिक प्रतिनिधिका रूपमा नेपालमा बस्न कत्ति पनि सुहाउादैन । अर्काेतर्फ दुई मुलुकबीचको सम्बन्ध बिगार्ने र गलत कुरालाई प्रोत्साहन गर्ने रायजस्ता कूटनीतिज्ञलाई नेपालमा बस्न दिनुले नेपालकै स्वाभिमानमाथि खतरा उत्पन्न गराउाछ । यदि भारतीय राजदूत रायले जस्तो गैरकूटनीतिक गतिविधि अन्य मुलुकका कूटनीतिज्ञले गरेको भए सम्भवत: त्यस्ता कूटनीतिज्ञहरूलाई देशनिकाला गरिसकिन्थ्यो तर सरकार, राजनीतिक दल र समग्र कर्मचारीतन्त्रमा समेत भारतप्रतिको भक्ति उच्च रहेकाले राजदूत रायले अहिले पनि सम्मान नै पाइरहेका छन् । सुरुको चरणमा भारतीय हस्तक्षेप र नाकाबन्दीको चर्काे विरोध गर्ने नेपाल सरकार र राजनीतिक दलको पछिल्लो गतिविधिले उनीहरू भारततर्फ केही लचिलो बनिरहेको संकेत मिलिरहेको छ । उनीहरूले मधेसीहरूका माग पूरा गराउने नाममा भारतले राखेका मागलाई सम्बोधन गर्ने संकेत गरिरहेका छन् । यतिमात्र होइन गैरकूटनीतिक व्यवहार देखाउने राजदूत रञ्जित रायलाई कारबाही गर्न तथा देशनिकाला गर्न केही साना दलले संसदमा कुरा उठाउादा समेत ठूला दलहरू मौन देखिएका छन् । बरु ठूला दलहरूले राजदूतको भूमिकालाई सामान्य रूपमा लिादै गैरकूटनीतिक व्यवहारलाई समेत स्वागत गरिरहेको उनीहरूको व्यवहारले देखाउाछ । यसले दलहरू तथा स्वयं सरकार समेत भारतीय हस्तक्षेपलाई रोक्न चाहादैनन्, बरु भारतप्रति भक्ति देखाएर भारतलाई खुसी बनाउन चाहिरहेको उनीहरूको व्यवहारबाट स्पष्ट हुन्छ । भारतले मुलुकमा संकटको अवस्था सिर्जना गरिदिादा समेत सरकारले आपूर्तिको वैकल्पिक माध्यमको खोजी गरेको छैन । अर्काे छिमेकी मुलुक चीनसागको सम्बन्ध विस्तारमा पहल नै गरेको देखिादैन, मुलुकको संकटप्रति सरकार तथा राजनीतिक दलहरूको मौनता बढिरहेको छ । यसले पुन: एक पटक प्रमुख राजनीतिक दल र सरकार भारतको शरणमा जान खोजेको र मुलुकलाई दीर्घकालीन असर पर्ने किसिमको गम्भीर राष्ट्रघाती सम्झौता गर्न लागेको जस्तो संकेत देखिएको छ ।