समानुपातिक विज्ञापन वितरणमा सञ्चारमन्त्री प्रतिबद्ध

228

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ग्रामीण क्षेत्रमा दूरसञ्चार विकासका लागि दूरसञ्चार प्राधिकरणसाग १२ अर्ब रूपैयाा मौज्दात रहेको खुलासा गर्नुभएको छ । विगतका सञ्चारमन्त्रीहरूबाट दूरसञ्चारको विकास गाउामा पुर्‍याउने प्रयास नहुादा उक्त रकमको सदुपयोग हुन नसकेको जानकारी गराउादै सञ्चारमन्त्री राईले आफू ग्रामीण क्षेत्रमा दूरसञ्चारको विकासका लागि कटिबद्ध भएर लाग्ने जनाउनुभएको छ ।
सञ्चारमन्त्री राईले नेपाल टेलिकमबाट उपलब्ध गराइादै आएको सञ्चार सेवा गुणस्तरहीन रहेको गुनासो जनस्तरबाट आइरहादा पनि सुधार गर्नेतर्फ सम्बन्धित निकायले उचित काम गर्न नसकेकोतर्फ आफू सचेत रहेको र त्यसमा सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जानकारी पनि गराउनुभएको छ । राजधानी काठमाडौंलगायत केही सहरी क्षेत्रमा टेलिफोन तारहरूलाई भूमिगत रूपमा घर–घरमै पुर्‍याउने योजना आफूले थालनी गरेको जानकारी गराउादै मन्त्री राईले पूर्वपश्चिम पहाडी लोकमार्गमा अप्टिकल फाइबर ओछ्याएर सूचना राजमार्ग निर्माण गरी देशका सबै कुनामा सस्तो, भरपर्दाे र गुणस्तरीय टेलिफोन तथा इन्टरनेट सेवा पुर्‍याउने योजना आफूले अघि सारेको पनि जानकारी गराउनुभएको छ । मन्त्री राईले आफ्नो योजना लागू भएपछि राजधानी काठमाडौं र विकट जिल्लाको दूरसञ्चार सेवा समान गुणस्तरीय हुने दाबी पनि गर्नुभएको छ ।
एमाओवादीका तर्फबाट सञ्चारमन्त्री बनेका कृष्णबहादुर महराको कार्यकालमा पत्रपत्रिकाहरूको लोककल्याणकारी विज्ञापनमा भएको सहयोग वृद्धिपछि त्यसपछिका कुनै पनि सञ्चारमन्त्रीले लोककल्याणकारी विज्ञापनमा वृद्धि गरेका छैनन् । पत्रिकाहरूलाई समानुपातिक रूपमा सरकारी विज्ञापन उपलब्ध गराउने भनी साना लगानीका पत्रिकाहरूलाई समेत करको दायरामा आकर्षित गरिएको भए पनि विज्ञापन उपलब्ध गराउनेतर्फ यसअघिका सञ्चारमन्त्रीहरू उदासीन बनेकोबारे सञ्चारकर्मीहरूको गुनासो सुन्दै नेकपा (एमाले)का नेता समेत रहेका सञ्चारमन्त्री राईले आफू सञ्चारमाध्यमहरूलाई समानुपातिक रूपमा सरकारी विज्ञापन उपलब्ध गराउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here