लिपुलेकलाई त्रिदेशीय सीमा नाका बनाउनुपर्नेमा जोड

140

काठमाडौं/ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको भूमि लिपुलेकलाई त्रिदेशीय नाका बनाउनुपर्नेमा जोड दिएका छन् । कञ्चनपुरमा आयोजित ‘महाकालीको जल उपभोग र नाकाबन्दी’ विषयक अन्तक्र्रियामा उनले उक्त विषयलाई जोड दिएका हुन् । श्रेष्ठले लिपुलेक नेपालको भूमि भए पनि चीन र भारतले आफ्नो व्यापार वृद्धिका लागि नेपालको सहमतिविना नै सम्झौता गरेको जनाए । उनले भने, ‘अब नेपाल, भारत र चीनबीच नयाा शिराबाट लिपुलेक सम्झौता गर्नुपर्छ ।’ यसबाट मात्रै नेपालको भलो हुने श्रेष्ठको भनाइ थियो ।
विवादित लिपुलेक सम्झौता सच्याउनका लागि चीन सरकारले नेपाल सरकारलाई प्रमाण दिन भने पनि सरकारले प्रमाण दिन ढिलाइ गरेको भन्दै श्रेष्ठले यस्तो विषयमा सरकारले तदारुकता देखाउनुपर्ने जनाए । श्रेष्ठले सरकारी निकायबाटै राष्ट्रियताको विषयमा ढिलासुस्ती हुनु निन्दनीय विषय भएको भन्दै त्यसको आलोचना गरे । उनले लिपुलेकदेखि ३७६ वर्ग किलोमिटर पश्चिम अझै नेपालको भूभाग रहेकाले उक्त भूभागको रक्षा र संरक्षणका लागि पनि नेपालले पहल र भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here