भारतीय राज्य सभामा नेपालको नाकाबन्दीको चर्काे आलोचना

161

काठमाडौ, २२ मंसिर–भारतीय नेताहरुले भारतीय राज्य सभामा नेपालमा भारतले लगाएको नाकाबन्दीको चर्काे विरोध तथा आलोचना गरेका छन् । राज्य सभालाई सम्बोधन गर्दै नेताहरुले भारतीय नाकाबन्दीका कारण नेपालमा मानविय संकट उत्पन्न भएको र नेपाल भारत सम्बन्ध इतिहासमै पहिलो पटक संवेदनशिल अवस्थामा पुगेको भन्दै विरोध जनाएका हुन् । राज्य सभामा बोल्दै राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले भारतले नेपालको स्वाधिनता र सम्प्रभुतालाई सम्मान गर्नुपर्ने जनाएका छन् । नेपालप्रतिको भारतीय व्यवहारको चर्को आलोचना गर्दै त्रिपाठीले संसारका कुनै पनि देशको संविधान पूर्ण नहुने भएकाले त्यसलाई परिमार्जन गर्दै लैजान सकिने धारण व्यक्त गरे ।
उनले भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले नेपाल भ्रमण गर्दा नेपालीहरुले ठुलो सम्मान दिएपनि प्रधानमन्त्री र विदेशमन्त्रीले उक्त सम्मानलाई बिर्सिएको आरोप लगाए । उनले नेपालमा मधेसीहरु पनि उच्च पदमा पुगेको भन्दै निवर्तमान राष्ट्रपति रामवरण यादवको उदाहरण पेश गरेका थिए । ।
त्यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता मणिशंकर ऐयरले नेपालमा भारतले होइन, मोदी सरकारले नाकावन्दी लगाएको आरोप लगाएका छन् । मंगलबार राज्य सभामा भएको नेपालसम्बन्धी छलफलमा बोल्दै ऐयरले नेपालमा भारतीय नाकावन्दीको चर्को विरोध गर्दै नेपालमा सर्वादलीय ुडेलिगेसनु जानुको औचित्य नरहेको जनाए ।
राज्य सभामा बोल्दै भारतीय सांसर शरद यादव तथा अर्का नेता डा. करण सिंह लगाएतले भारतीय नाकाबन्दीको विरोध गर्दै तत्काल नाका सहज बनाउन र नेपालसँगको सम्बन्ध सुधारमा जोड दिएका छन् । उनीहरुले भारतीय नाकाबन्दीका कारण लाखौँ बालबालीकाहरु मृत्युको जोखिमबाट गुज्रिरहेको भन्दै त्यसका लागि भारतले सहयोग गर्नुपर्ने धारण राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here