काठमाडौं, मंसिर २४ । प्राइम कमर्सियल बैंकले १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
बैंकले शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेस गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिनेछ ।