मेगा बैंकको अछाममा शाखा विस्तार

165

काठमाडौं, मंसिर २४ । मेगा बैंकले अछामको साँफेबगरमा शाखा विस्तार गरेको छ । बैंकले सक्षम टु एक्सेस फाइनान्ससँगको सहकार्यमा ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्ने योजनाअनुसार आफ्नो २९औं शाखा विस्तार गरेको हो ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । उनले दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्पादन गर्ने राष्ट्र बैंकको उद्देश्य पूरा भइरहेको जनाए । उक्त शाखामार्फत ग्रामीण क्षेत्रका बासिन्दाले सहजै बैंकिङसम्बन्धी सेवा प्राप्त गर्न सक्ने मेगा बैंकका डेपुटी सीईओ श्रीचन्द्र भट्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here