काठमाडौं, मंसिर २४ । सरकार र आन्दोलनरत मधेसी मोर्चाका नेताहरूबीच हुने निर्णायक वार्ता सुरु नहुँदै वार्ताको एजेण्डा बालुवाटारबाटै लैनचौरमा पुगेको खुलासा भएको छ । गत मंसिर १८ गते दुवै पक्षबीच निर्णायक भनिएको वार्ता सुरु नहुँदै मधेसी मोर्चाका नेताहरू आवश्यक परामर्शका लागि पहिले लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए । बालुवाटारमा सरकार पक्षलाई कुराएर लैनचौर छिरेका मधेसी मोर्चाले बालुवाटारबाट लैनचौरमा फ्याक्स गरी पठाइएको वार्ताको एजेण्डामा छलफल गरेका थिए । उक्त छलफलमा सहमतिका लागि बालुवाटारमा नगई भारतको दिल्ली पुग्नुपर्ने निष्कर्ष निक्लिएपछि मधेसी मोर्चाका नेताहरू वार्ता गर्न बालुवाटार नगई आ–आफ्नै निवासतर्पm फर्किएका थिए । मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले बाहिर मात्रै आफूलाई राष्ट्रवादी र मोर्चालाई भारतपरस्त भएको आरोप लगाएको र सरकार आफैँले छलफलका एजेण्डाहरू दूतावास र नयाँ दिल्ली पठाएको आरोप लगाउन पनि पछि परेनन् ।