भूकम्पपीडितलाई सहयोग गर्न अष्ट्रेलियामा सांगीतिक कार्यक्रम

149

काठमाडौं, मंसिर २४ । पुण्य फाउन्डेशनले नेपालमा वैशाखमा गएको भूकम्पबाट पीडितहरुको सहयोगार्थ गत शनिबार साउथ अष्ट्रेलियाको एडिलेडमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रमका मुख्य आकर्षण थिए गायक दीप श्रेष्ठ । ‘सांगीतिक साँझ २०१५’ नाम दिइएको उक्त कार्यक्रममा गायक श्रेष्ठसँगै गायक तथा गीतारिष्ट अनिल शाही, स्थानीय गायिका प्रजिता गेलाल, सदा श्रेष्ठ, गायक टेकेन दाहालले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको सुरुवातमा गायक अनिल शाहीले आफ्नो प्रस्तुति पस्किएका थिए । त्यसपछि गायक श्रेष्ठले ‘म पत्थरको देउता’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए । उनले उक्त कार्यक्रममा आफ्ना दर्जनभन्दा बढी चर्चित गीतहरु गाएका थिए ।

उक्त कार्यक्रम स्वरसम्राट नारायण गोपालको २५औं स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको हो । कार्यक्रमबाट प्राप्त हुने रकम पुण्य फाउन्डेशन नेपालले भूकम्पले प्रभावित बालबालिकाको शिक्षाका लागि खर्च गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here