स्ट्याण्डर्ड चार्टर्ड बैंकले १५ प्रतिशत लाभांश दिने

113

काठमाडौं, मंसिर २४ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र २७ दशमलव ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ ।

बैंकको गत सोमबार बसेको सञ्चालक समितिको ३३७औं बैठकले सो परिमाणमा बोनस सेयर वितरणको प्रस्ताव पेस गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकमार्फत स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here