राष्ट्रपतिद्वारा पुनःनिर्माण विधेयक र मधेस आन्दोलन तत्काल समाधान गर्न आग्रह

151

काठमाडौ,२९ मङ्सिर– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलहरुलाई भूकम्पपछिको पुनःनिर्माण विधेयक र मधेस आन्दोलनबाट उत्पन्न समस्या जतिसक्दो छिटो समाधानका लागि आग्रह गरेकी छिन् । सोमबार राष्ट्रपति निवास शीतल निवासमा प्रमुख दलहरु तथा मधेशवादी दलहरुलाई डाकेर उनले यस्तो आग्रह गरेकी हुन् । उनले सत्तारुढ र आन्दोलनकारी मधेसकेन्द्रित दलका शीर्ष नेताहरुलाई स्वागत गर्दै पछिल्लो समय मुलुकका उत्पन्न समस्या समाधान गर्न सबै सम्बद्ध पक्षसँग छलफल एवं संवाद गर्न आह्वान गरेकी छिन् ।

राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख दलका नेताहरुले राष्ट्रपतिले समसामयिक विषयमा राजनीतिक दलहरुको विश्लेषण सुन्न र उनीहरुलाई केही सुझाव दिन दलका नेताहरुलाई बोलाएको जनाएका छन् । भेटमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र महासचिव पोखरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष श्रेष्ठ, मधेसी जनअधिकार फोरम नेपाल९ लोकतान्त्रिक०का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर र राप्रपा नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here