ग्लोबल आइएमईको नयाा शाखा लमजुङ

142

काठमाडौं/ ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको बेसीसहरमा ८९ औा शाखा विस्तार गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे ।
मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ८९ शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन काउण्टर, ९३ वटा एटीएम, ३९ वटा शाखारहित बैंकिङ सेवा तथा ५ लाखभन्दा बढी ग्राहक रहेका छन् । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here