दुई टाउको भएकी बालिका

239

एउटा शरीर तर दुईटा टाउको भएकी बालिका जन्मिएकी छिन् । बालिकाका दुईवटा शिर छन् तर पनि हात खुट्टा जम्मा दुई/दुईवटा छन् ।
बंगलादेशको ब्राम्हणवारिया जिल्लाकी यी बालिकाको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको छ । बालिकाका पिता मिया जमालका अनुसार बालिकाले दुवै टाउकोमा भएका दुईवटै मुखबाट खान सक्छिन् अनि दुवै नाकबाट स्वास फेर्न सक्छिन् । बालिकाको स्वास्थ्य अहिले सामान्य रहेको छ । चिकित्सा विज्ञानका अनुसार यो अवस्थालाई डाइसिफालिक प्याराप्यागस भनिन्छ । जसमा जुम्ल्याहा बच्चाको एउटै शरीर तथा अंग हुन्छन् तथापि दुइवटा शिर हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here