राधा बुढाथोकी मगर
नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिले भरिपूर्ण देश हो । यस्तो विविधतापूर्ण समाज विश्वका अन्य राष्ट्रहरूमा कमै देख्न पाइन्छ । नेपालको हिमाली क्षेत्रमा शेर्पा, मोक्तान, शेरचनलगायतका मंगोल समुदायका जातिहरूको बसोबास रहेको छ । पहाडी क्षेत्रमा बाहुन, क्षेत्री, गुरुङ, मगर लगायतका आर्य र मंगोल समुदायका मानिसहरू बसोबास गर्दछन् भने मधेसी संस्कार भएका चौधरी, यादव, थारु लगायतका जातिहरूको तराईमा बसोबास देखिन्छ । कहीाकतै एउटै जातिको मात्र बाहुल्य छैन । सबैतिर सबै जाति घुलमिल भएर बसेका छन् । यस्तो विभिन्नखाले भाषा, संस्कार, संस्कृति, खानपान, भेषभूषा र चाडपर्व रहे पनि नेपाल सधैं शान्त मुलुकको रूपमा विश्वमा परिचित हुादै आएको थियो । नेपाली समाजको यस्तो सहिष्णुतालाई देखेर विदेशीहरूले पनि बेलाबेलामा प्रशंसा गर्दथे । विश्वका कतिपय मुलुकहरूमा दुईटा जाति अथवा धर्म मान्नेहरूबीच पनि वर्षौंदेखि द्वन्द्व र मारकाट चलिआएको छ । यस्तोमा नेपाल र नेपालीहरू विश्वका उदाहरणीय पात्र थिए । तर हाल नेपालमा जातीयताको आगो सल्किएका कारण पहिलेको त्यो छवि धुमिल हुन पुगेको छ । नेपालीहरूलाई जातका आधारमा एकअर्कालाई जुधाएर आफ्नो स्वार्थसिद्ध गर्नेहरूका कारण सदियौादेखि नेपालीहरूको मित्रता, मेलमिलाप, सहिष्णुता भंग भएको छ ।
नेपालमा संघीयताको बहस हुनुपूर्व जातीय मुद्दाको सवाल उठेको थिएन । तर आफूलाई क्रान्तिकारी सिद्ध गर्न खोज्नेहरूले वर्गीय मुद्दालाई छाडेर जातीय मुद्दा उठाएका कारण यस्तो भााडभैलो मच्चिएको हो । विशेषगरी एमाओवादीले दलित, सीमान्तकृतहरूलाई उपल्लो जातिले थिचोमिचो गरेको आरोप लगाउादै उनीहरूको सहानुभूति आफूतर्फ तान्नका लागि चालिएको यो कदमले अहिले दलहरूको टाउको दुखाएको छ । जुन ठाउामा पुग्यो, त्यस ठाउालाई एउटा जातिको आधारमा राज्य दिन्छु भन्दै घोषणा गर्ने प्रवृत्तिका कारण नेपालीबीच नै मनमुटाव र वैमनस्यता बढेर गएको छ । एक जातिले अर्को जातिलाई देख्दा जन्मजात शत्रु देखे जसरी व्यवहार गर्न थालिएको छ । पहाडी र मधेसीबीच फाटो सिर्जना गरिएको छ । संघीयताका नाममा मगरात, लिम्बूवान, खम्बूवान, ताम्सालिङ, नेवा जस्ता राज्यहरू बनाउने अराजक र बेतुकका भाषणहरूले जनतालाई भ्रमित तुल्याएको छ । अहिलेको तराई मधेस आन्दोलन हुनुमा पनि जातीय राज्यको राजनीति प्रमुख हो । जातीय राज्यको कुरा राजनीतिक फाइदाका लागि मात्र हो । सच्चा जनताको सेवा गर्ने र आफूलाई क्रान्तिकारी ठान्ने राजनीतिज्ञले वर्गीय रूपमा सदियौादेखि मिचिएकाहरूलाई उठाउन आवश्यक छ । यसरी नै समृद्ध र समानतामूलक समाज निर्माण गर्न सकिन्छ ।
विश्वका कुनै पनि देशमा जातीय राज्य निर्माण गर्ने कुराले हिंसा र रक्तपात मात्र सिर्जना गरेको छ, त्यो देशलाई बर्बाद मात्र पारेको छ । अहिले नेपालको अस्थिरतापूर्ण अवस्था र नाकाबन्दीको सिर्जना पनि जातीय राजनीतिकै कारण निम्तिएको हो । अहिले देशको यस्तो दुर्भाग्यपूर्ण अवस्थाको जिम्मेवार यदि कोही छ भने ती जातीय मुद्दाको आगो सल्काउनेहरू हुन् । तिनीहरूकै कारण देशको यस्तो दयनीय अवस्था भएको छ । तिनीहरूले नै अब आत्मालोचना गरी यस्तो भ्रमपूर्ण अवस्था हटाउन पहल गर्नुपर्छ । यदि दलहरू सााच्चै नै देश र जनताको भलो चाहन्छन् भने उनीहरूले जातीय कुरा होइन, वर्गीय कुरा उठाउन आवश्यक छ । थिचोमिचो परेका, वर्षौंदेखि सामन्तीको अन्याय, अत्याचार सहेका शोषित पीडित जनतालाई उन्मुक्ति दिन नेताहरू अग्रसर हुन जरुरी छ । सााच्चैका गरिब वर्गलाई माथि उठाउने राजनीति गर्नुपर्छ ।