नेपाली फिल्म अनलाइनमा हेर्न मिल्ने

152

प्रमोद धिताल

काठमाडौं/ नेपाली फिल्म हेर्न चाहने दर्शकहरूलाई पहिलो पटक अनलाइनबाटै चलचित्र हेर्न मिल्ने सुविधा सुरु भएको छ । यद्यपि यो भन्दा अघि युट्युवमा अपलोड हुने चलचित्र हेर्न पाउने अवसर भए पनि त्यसका लागि निकै समय कुर्नुपर्ने र कहिले अपलोड होला भनेर प्रतीक्षा गर्नुपर्ने झन्झट थियो ।नेपाली चलचित्रका पारखीहरूले अब विश्वभरबाट निश्चित रकम तिरेर नयाा नेपाली फिल्म हेर्न पाउने भएका छन् । नेपालमै पहिलोपटक यस्तो सुविधा उपलब्ध गराउने संस्था हो, हाम्रो मुभि डटकम । हाइलाइट्स नेपाल र विधि प्रालिले यस्तो सुविधा उपलब्ध गराएका हुन् । हाम्रो मुभि डटकममार्फत अब नयाा तथा पुराना नेपाली चलचित्रहरू घरमै बसेर हेर्न सकिनेछ । तत्कालका लागि श्री ५ अम्बरे, नाइके, सम्बोधन, माइ प्रमिसलगायतका नयाा चलचित्र ५ सय रूपैयाा तिरेर हेर्न सकिन्छ । यस्तै हाम्रो मुभि डटकममा दर्शकको प्रतिक्रिया हेरेर नेपाली पेमेन्ट गेटवे पनि चााडै नै थपगर्ने विधि प्रा.ल.का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिए । केहि समयपछि इन्टरनेट, बिजुलीको मासिक रकम तिरे जस्तै नयाा फिल्महरू मासिक रकम तिरेर सब्स्क्राइब गरेर हेर्ने सुविधा पनि मिलाइने सापकोटाले बताए । हाम्रो मुभिबाट फिल्म हेर्नका लागि वेभसाइटमा गएर फेसबुक वा गुगलबाट लग इन गर्नुपर्नेछ । यो नेपालकै पहिलो अनलाइनबाट चलचित्र हेर्ने सुविधा भएकाले दर्शकको माग र प्रतिक्रियाअनुसार हाम्रो मुभि डटकमलाई अघि बढाउने योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here