राज्यलक्ष्मी शाक्य
महामहिम राष्ट्रपतिज्यू नमस्कार ! नयाा संविधान निर्माण भएपछि मुलुकले नयाा अभिभावकका रूपमा तपाईंलाई त एउटा अवसर दियो तर तपाईंलाई मुलुकको अभिभावक बनाउने त्यही संविधान निर्माण भएपछि उत्पन्न मुलुकको विषम परिस्थितिले नेपाली जनताले अभिभावक गुमाएको जस्तो अनुभव गरिरहेका छन् । राष्ट्रपतिज्यू ! तपाईं आफौ पनि एउटा सामान्य जनताको छोरी हो र जनताकै लागि अधिकार दिने भनी लडेको पार्टीमा लामो समय योगदान दिएकै कारण आज मुलुकको अभिभावक बन्ने अवसर प्राप्त गर्नुभएको हो । यति भनिरहादा जनताका दु:खकष्ट कस्ता छन् भनेर सायदै तपाईंलाई भन्नुपर्ला । एकातर्फ गत वैशाखमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरू आफन्त, धनसम्पत्ति गुमाएको पीडामाथि कठ्यांग्रिदो चिसोमा जीवन र मरणको दोसााधमा उभिरहेका छन्, अर्काेतर्फ तपाईंलाई राष्ट्रपति बनाएको संविधानले भारतीय चासोलाई नसमेटेको भन्दै नजिकैको मुलुक भारतले अमानवीय रूपमा नाकाबन्दी गरिरहेको छ । महामहिमज्यू ! तपाईंलाई थाहा नै होला, मुलुक प्राकृतिक विपत्ति र छिमेकी मुलुकको व्यवहारका कारण उत्पन्न विपत्तिका कारण गम्भीर संकटबाट गुज्रिरहेको छ । मुलुकभित्र कालोबजारीले जनताको घााटी समाइरहेको छ । सीमा क्षेत्रबाट फाट्टफुट्ट आउने इन्धन कालोबजारीयाहरूको नियन्त्रणमा गएको छ । पहुाचमा हुने र हुनेखानेले त कालोबजारीका बाबजुद पनि अत्यावश्यक वस्तुको जोहो गरिरहेका छन्, तर मजदुर, गरिब, निम्न आय भएकाहरूको गुजारा कसरी चलिरहेको छ, तपाईं आफौ पनि गृहिणीको भूमिकामा रहिसक्नु भएकाले आम गृहिणीहरूको चुलोमा के बितिरहेको छ भन्नेबारे अवश्य पनि अनविज्ञ हुनुहुन्न । अर्काेतर्फ तपाईं आफौ पनि जनताको छोरी र मुलुक र जनताप्रति ठूलो चिन्ता लिने महान् नेता मदन भण्डारीको जीवनसंगिनी भएकाले तपाईंले जनताको दु:ख राम्रैसाग बुझ्नुहुन्छ र बुझ्नु पनि भएको छ भन्ने यो पंक्तिकारलाई विश्वास छ । यस्तो बेलामा महामहिमज्यूले गरेको सानो प्रयासले जनतालाई ठूलो राहत मिल्न सक्छ । महामहिमज्यूको यसप्रति ध्यान अवश्य ध्यान गएको होला र नगएको भए पनि अब जाओस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।
मुलुक अहिले सरकारविहीन र कानुनविहीन जस्तो बनिरहेको छ । संकट र समस्याबीच पनि मानवतालाई बेच्ने फटाहा, घुसखोरी र कालोबजारीयाहरूले हरेक क्षेत्रमा रजाइा गरिरहेका छन् । सरकारकै उच्च अधिकारीहरू जनताको गाास खोस्ने गतिविधिमा सक्रिय भइरहेका छन् । तर त्यस्तालाई कारबाही होइन, सम्मान भइरहेको आभास भइरहेको छ महामहिमज्यू । यस्तो अवस्थामा मुलुकमा शान्ति अमनचैन कायम गर्न र जनतालाई राहत दिनका लागि तपाईंको सानो प्रयासले महत्वपूर्ण उपलब्धि हासिल हुनसक्छ । जस्तो दैनिक उपभोग्य वस्तु जनतासम्म पुर्याउन, विभिन्न मुलुकबाट अनुदानमा प्राप्त भएको इन्धन जनतासम्म पुर्याउन र उपलब्ध स्रोत र साधन जनताको पहुाच पुर्याउनका लागि समेत तपाईंको एउटा निर्देशनले काम गर्न सक्छ । त्यति मात्र होइन, तपाईं आफौ पनि नेपाली सेनाको परमाधिपति पनि हो, त्यसैले सेनालाई जनताको दु:खमा साथ दिनका लागि पनि खटाउन सक्ने अधिकार तपाईंसाग छ । यसका लागि सरकारसाग सल्लाह गरेर वा आफ्नो अधिकार प्रयोग गरेर भए पनि जनतालाई राहत दिन तपाईंको प्रयासले महत्वपूर्ण उपलब्धि हासिल हुन सक्छ ।
जनताले अभिभावकको खोजी गरिरहेका बेला जनताप्रतिको जिम्मेवारी निभाउन र उनीहरूको विश्वास जित्नका लागि पनि महामहिमलाई यो एउटा अवसर बनेको छ । त्यसमाथि आफ्नै मुलुकका जनताको दु:खमा सहयोग गर्नसक्ने क्षमता हुादाहुादै पनि महामहिमले यस्ता कार्यमा प्रभावकारी भूमिका निर्वाह नगरेमा जनताहरूको तपाईंप्रतिको विश्वास पनि टुटेर जाने निश्चित छ । त्यसैले महामहिमज्यूले अभिभावकीय भूमिका निर्वाह गर्दै जनताको चुलोमा आगो बाल्न र कालोबजारीयाहरूलाई कारबाहीको दायरामा ल्याउनका लागि सम्बन्धित निकायहरूलाई दबाब दिन तत्काल पहल गर्नुहुनेछ भन्ने आम अपेक्षा रहेको छ । महामहिमज्यूले पनि यस्ता विषयलाई गम्भीरताका साथ मनन गर्नुहुनेछ । धन्यवाद !