वर्गीय राजनीतिविनाको एकता काम छैन

179

–निमकान्त पाण्डे–
गत साता नेपालका सबै कम्युनिष्ट नेताहरू एउटै मञ्चमा उभिएर कम्युनिष्ट एकताको आवश्यकतालाई महसुस गरे । एउटा इमानदार, लगनशील र निष्कलंकित अग्रज कम्युनिष्ट नेता खगुलाल गुरुङको अभिनन्दन गर्ने कार्यक्रममा देशका सबै कम्युनिष्ट नेताहरू भेला भएर कम्युनिष्ट एकताको आवश्यकता महसुस गर्नु निश्चय पनि स्वागतयोग्य कुरा हो । एकताको आवश्यकता महसुस गर्ने नेताहरूले एकताको निम्ति पहल गर्लान् भनेर आशा गर्न सकिन्छ । देश यतिबेला विखण्डनको संघारमा पुगेको छ । तराई क्षेत्रलाई विखण्डित गराएरै छोड्ने छिमेकी देशको गतिविधिप्रति जनता आक्रोशित बनेका छन् । यो स्थिति नेपालका कम्युनिष्ट नेताहरूका लागि वास्तवमै वस्तुगत स्थिति तयार भएको अवस्था हो । कम्युनिष्ट नेताहरूले यसअघिका दिनहरूमा ‘वस्तुगत स्थिति तयार भएको छैन’ भन्दै आ–आफ्ना छुट्टाछुट्टै चुलाचौका निर्माण गर्दै र जनतालाई झुक्याउादै आएका थिए । अहिलेको अवस्था भनेको राष्ट्र संकटमा परेको बेला हो । यो अवस्थालाई कम्युनिष्टहरूबाहेक अरु कसैले सम्हाल्न सक्दैन । अहिले देशको राष्ट्रपति कम्युनिष्ट नेतृ छिन्, देशको प्रधानमन्त्री कम्युनिष्ट नेता छन्, देशको संसदको सभामुख कम्युनिष्ट नेतृ छिन्, देशको उपराष्ट्रपति कम्युनिष्ट नेता छन्, अर्थ मन्त्रालय गृह मन्त्रालय, सञ्चार मन्त्रालयलगायतका सबै महत्वपूर्ण मन्त्रालयमा कम्युनिष्ट नेताहरू नै मन्त्री बनेको अवस्था छ । यस्तो अवस्थामा देशको निम्ति केही गर्न सकिादैन भने नेपालका कम्युनिष्ट नेताहरूले राजनीति गर्न छोडे हुन्छ ।नेपालको कम्युनिष्ट आन्दोलनमा २०२८ सालमा झापाबाट सशस्त्र युद्ध सुरु भएको हो । त्यो युद्धको नेतृत्व गरेका केपी ओली देशका प्रधानमन्त्री बनेका छन् । त्यो युद्धको लक्ष्य के थियो ? केपी ओलीले इमानदारितासाथ आफूलाई देश र जनताको अभिभावक बन्न पाएको अवस्थामा केही गरेर देखाउने मौका हो यो । हतियार बोकेर सशस्त्र युद्ध गरेर मात्र सत्ता प्राप्त हुन्छ भन्ने कुरा गलत हो भन्ने व्यवहारले पुष्टि गरिसकेको वर्तमान अवस्थामा सत्तामा पुगिसकेपछि देश र जनताका निम्ति केही गर्ने आाट गर्नुपर्दछ । केपी ओली प्रधानमन्त्री मात्र नभएर उनकै पार्टीको नेतृ देशको राष्ट्राध्यक्षसमेत रहेको वर्तमान अवस्था हो भने दश वर्ष जनयुद्ध हााकेका प्रचण्ड हालको गृह मन्त्रालय आफ्नो पकडमा लिन सफल भएका छन् र उनकै युद्धकालका सैन्य कमाण्डर देशका उपराष्ट्रपति बन्न पुगेका छन् । यस्तो अवस्थामा प्रचण्ड र केपी ओलीले चाहने हो भने नेपालको कााचुली फेर्न नसकिने कुनै कारण छैन । केवल चाहना मात्र अहिलेको आवश्यकता हो । कम्युनिष्टहरूबीच एकता सत्ता प्राप्तिको निम्ति यदि महसुस गरिएको हो भने सत्ताको बागडोर कम्युनिष्टहरूकै हातमा रहेको वर्तमान अवस्था किन झन् बिग्रिादै गइरहेको छ । कम्युनिष्ट नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला हो यो ।
एउटा कुरा सत्य हो– कम्युनिष्ट आन्दोलनपछि नेपालको राज्यव्यवस्थामा परिवर्तन भएको छ । तर जुन लक्ष्यसहित आन्दोलन र परिवर्तनको अपेक्षा गरिएको थियो, त्यस्तो हुनसकेको छैन । पुरानो शासन व्यवस्था हुादा नेपाली जनताले केही अधिकारहरू प्राप्त नगरेको अनुभूति हुन्थ्यो, तर नेपाली जनताले कहिल्यै शिर झुकाउनुपर्ने र अभाव सहनुपर्ने अवस्था थिएन । तर अभाव मात्र होइन देशको स्वाधीनता नै संकटमा परिरहेको अहिलेको अवस्था भनेको कम्युनिष्टहरूको अग्निपरीक्षा पनि हो । नेपालको आन्तरिक मामिला र सुरक्षा क्षेत्र छिमेकी मुलुकको पहुाचभन्दा बाहिर नरहेको हाम्रो देशको अहिलेको वास्तविकता हो । यस्तो बेलामा अरु सबैभन्दा राष्ट्रवादी आफू नै हौं भनेर दाबी गर्ने कम्युनिष्ट नेताहरूले राष्ट्रियताको संरक्षण र सम्वद्र्धनका लागि कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो ? प्रचण्ड र केपीलाई अरु कसैले सिकाउनु नपर्ला !
मुलुकमा व्यवस्था परिवर्तन हुनुको अर्थ मुलुकले नयाा दिशा र उचाइ पनि लिनु हो । तर हाम्रोमा त्यसको विपरीत हुन पुगेको छ अर्थात् पुरानो राज्यव्यवस्थामा छिमेकीले आन्तरिक मामिलामा सिधै हस्तक्षेप गर्ने र आन्तरिक अनुमतिविना कुनै पनि काम गर्ने अवस्था थिएन । पछिल्लो राज्यव्यवस्थामा छिमेकीको सक्रियता र उसको भूमिका नेपाल सरकारको भन्दा शक्तिशाली हुने गरेको छ । यो अवस्था कम्युनिष्ट नेताहरूका लागि लज्जाजनक हो । मुलुक पूर्णतया परनिर्भरताको बाटोमा अघि बढिरहेको छ । पुरानो राज्यव्यवस्थाभन्दा नयाा राज्यव्यवस्था हरेक किसिमले मुलुक र जनताको पक्षमा हुनुपर्दथ्यो । तर देश उल्टो गतितर्फ गइरहेको छ । विखण्डन यही देशमा सम्भावना बनिरहेको छ भने जातीय सद्भाव यही देशमा खल्बलिने स्थिति तयार भइरहेको छ । वर्गीय राजनीतिबाट नेताहरू विचलित नभइदिएका भए यो अवस्था निश्चय पनि विकसित हुने थिएन । त्यसैले कम्युनिष्टहरूमा एकताभन्दा वर्गीय राजनीतिबाट विचलित नहुनु महत्वपूर्ण कुरा हो । वर्गीय राजनीतिले नै देशको राष्ट्रियता बलियो बनाउाछ र जातीय तथा धार्मिक सद्भावलाई पनि कायम राख्न सक्दछ भन्ने यथार्थ हो, यो यथार्थलाई सबै कम्युनिष्ट नेताहरूले स्वीकार गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here