एउटै मञ्चमा नेपालका वामपन्थीहरू

167

हुकुमबहादुर सिंह
नेपालकै जेठा कम्युनिष्ट नेता खगुलाल गुरूङको अभिनन्दन समारोहमा नेपालका वामपन्थीहरू एउटै मञ्चमा उपस्थित भएको यो सायद नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक हुन सक्छ । नेपालमा वामपन्थीहरूको व्यापक सहभागितामा सरकारको गठन पनि नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो नै हो । यद्यपि एमालेको सरकार क.मनमोहन अधिकारीको नेतृत्वमा पहिले एक पटक बनेको थियो, जसमा अन्य वामपन्थीहरूको सहभागिता थिएन ।क.खगुलाल गुरूङ, जो अहिले ९८ वर्षको हुनुभएको छ र अस्वस्थ पनि हुनुहुन्छ । २०१० सालमा नेपाल कम्युनिष्ट पार्टी प्युठानको स्थापना गर्ने १० जनामध्ये अहिले केवल क.मोहनविक्रम सिंह र क.गुरूङ मात्रै जीवित व्यक्तित्वहरू हुनुहुन्छ । त्यसकारण पनि क.खगुलाल गुरूङको अभिनन्दनलाई ऐतिहासिक बनाउन प्युठानका सबै कम्युनिष्ट समूहहरू–मसाल, नेकपा(क्रान्तिकारी माओवादी), एमाओवादी, एमालेको संयुक्त आयोजनामा मसालका महामन्त्री क.मोहनविक्रमसिंहको संयोजकत्वमा यो अभिनन्दन समारोह आयोजना गरिएको हो । क.मोहनविक्रमसिंह स्वयम् पनि नेपालको कम्युनिष्ट आन्दोलनका एउटा जीवित इतिहास हुनुभएको छ । उहाँ पनि करिब ८४ वर्षका सक्रिय युवा हो । त्यसैगरी क.मोहन वैद्य किरण पनि करिब ८० को नजिकमा हुनुहुन्छ । एमालेका नेता वामदेव गौतम, एमाओवादीका नेता लीलामणि पोखरेल, यो लेखको लेखकलगायत सबैजसो प्युठानी कम्युनिष्टहरूको यो कार्यक्रमको आयोजक समितिमा सहभागिता छ । प्युठानी कम्युनिष्टका लागि यो एउटा गर्वको उत्सव भएको छ ।
क.खगुलाल गुरूङ प्युठानी कम्युनिष्टहरूका लागि एउटा सतिसालजस्तै भएर रहेका व्यक्तित्व हुनुहुन्छ, जसलाई पद, पैसा, प्रचारको कहिल्यै आशक्ति भएन । उहाँ स्थानीय सामन्तका लागि भने सधैंभरि मुटुको किला बनिरहनुभएको छ । खासगरी नारीकोट र छिमेकी खुङ गाउँका जालिफटाहाहरूका विरूद्ध उहाँ जीवनभर लड्दै आउनुभएको छ । खासगरी ३० वर्षीय एकदलीय निरंकुश पञ्चायती व्यवस्थाअन्तर्गत उहाँमाथि अनेकौं मुद्दा तथा प्रशासनिक झमेलाहरूद्वारा निरूत्साहित बनाउने प्रयासहरू नभएका होइनन्, ती सबैका विरूद्ध लडाइा गर्दै यहाँसम्म उहाँ आउनुभएको छ ।
नेपालका कम्युनिष्ट नेताहरू जसले एकअर्काको अस्तित्व स्वीकार गरेको पाइादैनथ्यो तर अहिले यो कार्यक्रममार्फत त्यो इतिहासलाई उहाँहरूले तत्कालका लागि बदलेका छन् । खासगरी मोहनविक्रम सिंहको स्कुलिङले त्यसलाई (निषेधात्मक द्वन्द्ववाद) लामो समयसम्म अंगीकार गरेर हिाड्यो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का दियो, तर अब स्वयम् मोहनविक्रम सिंहले आफ्नो गल्ती कमजोरी स्वीकार गरेको अनुभूति यो समारोहमा उहाँका अभिव्यक्तिमा प्रयोग गरिएका शब्दबाट स्पष्ट हुन्छ । मोहनविक्रम सिंहको अर्धभूमिगत जीवन केका लागि भन्ने सवाल पनि बारम्बार नउठेका होइनन् । तैपनि उहाँ त्यसमा रमाएका छन् । यो न त आत्मगत अवस्थाकै कारणले हो न त देशको वस्तुगत आवश्यकता नै । उहाँको यो अर्धभूमिगत जीवनशैली किन भन्ने न त उहाँको पार्टीका अन्य नेताहरूलाई मन परेको छ न उहाँहरू नै त्यसको आवश्यकता देख्नुहुन्छ । तर पार्टीभित्र उहाँको निर्णयमाथि अरू कसैले प्रश्न उठाउने आवश्यकता नै ठान्दैनन् । किनभने न त त्यसले क्रान्तिलाई हानी पुगेको छ, न फाइदा नै । तैपनि उहाँका लागि यसको महत्व अहिले उहाँ आफू अर्धभूमिगत हुनुमै छ भन्ने देखेको हुनुपर्दछ । उहाँ स्वयम् भन्ने गर्दछन्, ‘अर्धभूमिगत भनेको भिडियो पत्रकारसित मात्रै हो ।’ सामाजिक सञ्जालमा त उहाँका फोटाहरू स्वयम् उहाँकै पार्टीका सदस्यहरूद्वारा छ्यापछ्यापती प्रचार गरिएको हुन्छ र यही कार्यक्रमबारे पनि सत्य हो ।
जे होस् नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै क.खगुलाल गुरूङको यो अभिनन्दन समारोहले नेपालका सबै कम्युनिष्ट नेताहरूलाई एउटै साझा मञ्चमा एकत्रित गरेर नेपालका वाम सबै एकठामलाई सिद्ध गरेको छ । यसलाई नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा अझ मजबुत बनाएर लैजानु आवश्यक छ र खासगरी वर्तमान सन्दर्भमा भारतीय नाकाबन्दी र भारतका दलालहरूले खुलेआम राष्ट्रविरोधी क्रियाकलापहरू सञ्चालन गर्न अगाडि बढेको वर्तमान अवस्थामा नेपालका कम्युनिष्ट मात्रै नभई नेपालका अन्य देशभक्त तथा स्वाभिमानी नेपालीहरूलाई पनि यो र यस्ता मञ्चहरूमा सहभागि गराउादै भविष्यमा सुन्दर, शान्त र समुन्नत नेपालको निर्माणमा एकताबद्धताका साथ अघि बढ्न सहयोग पुग्नेछ । यही नै क.खगुलाल गुरूङको अभिनन्दनको महत्व र गरिमा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here