कार्कीविरुद्ध महाभियोग लगाउने प्रयास विफल

145

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउने भन्दै रन्फनिदै हिंडेका एमाले नेताहरू अब थान्को लागेका छन् । अख्तियारले पत्र काटेका २९ जनामध्ये २८ जनाले अख्तियार कार्यालयमा पुगी आफूले बुझाउनुपर्ने विवरणका निम्ति फाराम लिएका छन् । १३ पृष्ठ लामो फाराममा सम्पत्ति विवरण र आयस्रोत खुलाउनुपर्ने विषयमा प्रश्नहरू सम्बन्धित छन् । कसै–कसैले राज्यको जिम्मेवारीमा रहेका बेला गरेका कामहरूको सम्बन्धमा सोधिएको प्रश्नको समेत जवाफ लेख्नुपर्ने छ । यसरी जवाफ लेख्दा कुनै व्यक्तिले शंकास्पद विवरण पेश गरेको पाइएमा त्यो व्यक्ति अख्तियारको नजरमा दोषी ठहर हुने छ । यसरी दोषी ठहर हुने व्यक्तिका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने छ । मुद्दा दायर भएपछि बहालवाला जुनसुकै तहको व्यक्ति भए पनि पदमुक्त हुने प्रावधान छ ।

अख्तियारले चर्चित नेताहरू समेतलाई पत्र काटेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आक्रामक बनेका एमाले नेताहरू अब अख्तियारलाई छानविनमा सहयोग पुर्‍याउने निष्कर्षमा पुगेका छन् । एमाले स्रोतका अनुसार कार्की विरुद्ध महाभियोग प्रस्ताव लैजाादा अख्तियारसाग सम्बन्ध झनै बिग्रने र जनस्तरमा पनि भ्रष्टाचारविरोधी कदममा असहयोग गरेको भन्ने सन्देश जाने भएकाले एमाले नेतृत्व महाभियोगको प्रयासबाट पछि हट्न बाध्य भएको हो । साथै महाभियोग प्रस्ताव दर्ता गरिहाले पनि संसद्को दुईतिहाइ बहुमतबाट पारित हुनैपर्ने भएकाले दुईतिहाइ बहुमत पुग्न नसकिने निष्कर्षका साथ एमाले नेतृत्व अख्तियारका प्रमुख आयुक्त कार्कीविरुद्ध नजाने भएको एमाले स्रोतले जनायो । अख्तियारले पत्र काटेका एमाले नेताहरूमध्ये केही माधव नेपाल निकट भएकाले माधव पक्षले मात्र कार्कीविरुद्ध महाभियोगमा जानैपर्ने हठ पनि गरिरहेको स्रोतले जनाएको छ ।
यसैबीच नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको अनुसन्धानलाई एमालेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नवलपरासीमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले आयोगलाई पूर्वाग्रही नभई अनुसन्धान गर्न आग्रह गरेका छन् । उनले अख्तियारले भ्रष्टाचारी ठहर नगरेका गणेश थापालाई फिफाले कारबाही गरेको स्मरण गराउादै अनुसन्धानमा सचेतता अपनाउन सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here