काठमाडौ, ४ पुस–भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले निलम्बनको सिफारिस दिएका सशस्त्र प्रहरीका प्रमुख आइजीपी कोषराज वन्तलाई ससकारले ३ महिनाका लागि निलम्वन गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई ३ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेको हो । रेको भूमिसुधार मन्त्री रामकुमार सुब्बाले जानकारी दिए ।
मन्त्री परिषद बैठकले एआइजी दुर्जकुमार राई लाई सशस्त्रको कामु आइजीपीको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफल पछि बैठकले राईलाई कामु आइजीपी बनाउने निर्णय गरेको हो । भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका वन्तले शुक्रबार नै राजिनामा दिएका छन् । उनले गृहमन्त्रालयमा आफ्नो राजिनामा बुझाएका हुन ।