भारतीय नाकाबन्दी भारतलाई नै घाँडो भएको छः खनाल

180

काठमाडौ, ७ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपालमा गरेको नाकाबन्दी उसैलाई घाँडो भएको जनाएका छन् । इलाममा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले भारतले छिट्टै नाकाबन्दी खोल्ने जनाएका छन् । कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ संविधानले सबै पक्षलाई समेटेको भएपनि जनतालाई बुझाउन नसक्दा समस्या उत्पन्न भएको जनाएका छन् । उनले संविधानमा धेरै कुरा राम्रा भएकाले यसलाई बुझाउनु सबैको दायित्व भएको जनाएका छन् । नेता खनालले हाल उत्पन्न परिस्थितिको सामना गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here