अख्तियारको निशानामा अरु को–को छन् ?

405

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च जीवन शैली व्यतीत गरिरहेका व्यक्तिहरूमाथि छानविन प्रक्रिया गहन रूपमा थालेको अख्तियार स्रोतले जनाएको छ । स्रोतकाअनुसार खासगरी विगतमा सरकारी ओहदामा रही काम गरेका भड्किलो जीवनशैली व्यतीत गरिरहेका व्यक्तिहरू अख्तियारको निशानामा परेका छन् । यसरी छानविनमा परेका व्यक्तिहरू अब छिट्टै बयानका लागि अख्तियामा बोलाइने भएका छन् । अख्तियारको यस्तो अभियानले सरकारी ओहदामा बसेर आर्थिक अनियमितता गरी राष्ट्रलाई नोक्सानी पुर्‍याउने प्रवृत्तिलाई निरुत्साहित गर्ने अपेक्षा गर्न सकिने विश्लेषकहरूको ठहर छ ।
त्यसैगरी समानुपाकि कोटाबाट सांसद बनेका व्यक्तिहरूको बारेमा पनि अख्तियारको निशाना रहेको स्रोतले जनाएको छ । करोडौंको भेटी चढाएर सांसद बनेका व्यक्तिहरूको आर्थिक स्रोतसमेत खोजी गर्ने काममा अख्तियारले छिद्रान्वेषण गरिरहेको उक्त स्रोतले जनायो ।
२९ जना उच्च व्यक्तिहरूलाई बयानका लागि पत्र काटेर चर्चा कमाएको अख्तियारले थप एक हजार जनालाई पत्र काट्ने तयारी गरेको अख्तियार स्रोतले जनधारणालाई जनाएको छ यसरी पत्र काटिनेमा विभिन्न राजनीतिक दलका नेताहरू, पूर्व र बहालवाला उच्च पदस्थ सरकारी कर्मचारीहरू र केही चर्चित व्यापारीहरूसमेत रहेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here