सामान्यतया कपाल काट्न कौचीको प्रयोग गरिन्छ । तर स्पेनमा रहेको एउटा सैलुनमा भने कपाल काट्नका लागि तरबार र आगोको प्रयोग गरिन्छ ।
उक्त सैलुनको सञ्चालक हुन्, हेयरस्टाइलिस्ट अल्बर्टो ओलमेडो । उक्त सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थात् ब्लो टर्चबाट कपाल काटिन्छ ।
कपाल काट्नका लागि अल्बर्टोले तरबार र आगोसागै स–साना कौची पनि प्रयोग गर्छन् । ब्लो टर्चको प्रयोग ग्राहकको रुचिअनुसार गरिन्छ अर्थात् कपालमा आगो लगाउने/नलगाउने भन्ने कुरा सोधेर मात्रै ब्लो टर्चबाट कपाल डढाइन्छ । अल्बर्टोको यो तरिकाले कपाल काट्ने कुरा स्पेनमा प्रशिद्ध भएको छ । उनका अनुसार थुप्रै ग्राहकहरू यसरी कपाल काट्नका लागि लालायित भएका छन् । उनले पुरानो स्टाइललाई सधैं अपनाउादैनन् र नयाा/नयाा स्टाइलमा कपाल काटिदिन्छन् ।