हुकुमबहादुर सिंह
नेपाल–चीन मैत्री सम्बन्ध र जनमैत्रीको महत्व इतिहासले प्रमाणित गरेको विषय हो । त्यसैले यसका बारेमा लामा लेख वा भाषण गरेरभन्दा विस्तृत योजना र ठोस कार्यक्रममा परावर्तन गर्ने सवाल भएकाले यसबारे यहाँ लामो लेख नलेखी केही तथ्य र तथ्याङ्कका आधारमा नेपाल–चीन मैत्री सम्बन्ध र यसलाई जनमैत्रीको स्तरमा कसरी उतार्ने हो त्यसबारे ठोस बहस होस र त्यसका आधारमा नेपाल चीन मैत्री सम्बन्धको सरकारी तथा जनताको स्तरमा अगाडि बढोस् भन्ने रणनीतिको विकास होस् भन्ने हो । त्यसकारण नेपाल–चीनबीचका सीमा नजिक बसोबास गरिरहेका नेपाली र चिनियाा जनताबीचको सम्बन्धलाई स…दृढ गर्न मद्दत पुग्ने खालका जानकारीहरूलाई विभिन्न तालिका बनाएर यहाँ राख्ने प्रयास गरिएको छ । तर यसको उद्देश्य यो कदापि ह…नेछैन कि नेपाल–चीन मैत्री सम्बन्ध र जनमैत्रीको महत्वलाई नेपाल र चीनबीचमा १,४१४.८८ कि.मि. लामो सीमारेखामा जोडिएका केही निश्चित बासिन्दाबीचमा मात्रै केन्द्रित गर्ने । यसको महत्वले व्यापकता तब पाउनेछ जब यो आम नेपाली र चिनियाँ जनताको विकास, प्रगति र उन्नतिको साझा आधार बन्नेछ ।
नेपाल र चीन दुई यस्ता छिमेकी मित्र राष्ट्र हुन्, जो इतिहासदेखि आजसम्म एउटा असल मित्रको रूपमा एकले अर्काको हितमा काम गर्दै आएका छन् । नेपाल र चीनबीचमा विभिन्न खालका सम्बन्धहरू स्थापित भएका छन् । नेपाल र चीनबीचमा १,४१४.८८ कि.मि. लामो सीमारेखा कायम छ, जसमा नेपालका हिमाली क्षेत्रका १५ जिल्लाहरू जोडिएका छन् । विकासका दृष्टिले यी जिल्लाहरू नेपालका अति दुर्गम जिल्ला मध्येमा पर्छन् । नेपालको क…ल जनसंख्या २,६६,२०,८०९ छ, जसमा महिलाको संख्या १,३६,९३,३७८ छ भने पुरुषको संख्या १,२९,२७,४३१ छ । यी जिल्लाहरूमा सन् २०१२ को जनगणना अनुसार क…ल जनसंख्या १९,१४,२६२ (७.१९ प्रतिशत) मध्ये महिला ९,५७,१८१ र पुरुषको संख्या ९,५७,०७१ रहेको छ । नेपाल–चीन सीमामा पर्ने नेपालका यी १५ जिल्लाहरूको विवरण, जसमा लिङ्ग, घरधूरी, औसत घरधूरी आकार र जिल्लाको क्षेत्रफल (वर्ग कि.मि) मा छ, जसलाई तालिका नं. १ मा दिइएको छ ।
सन् १९६०को अप्रिलमा दुई देशबीच शान्ति तथा मैत्री सन्धि गरिएको र त्यतिबेलै एकअर्का देशको प्रादेशिक अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रतालाई मान्यता दिइआएको छ । अहिलेको २१औं शताब्दीमा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई ऐतिहासिक तथा रणनीतिक दृष्टिले माथि उठाउनु र विकास गर्न सक्नुपर्ने आवश्यकता छ । चिनियाँ भूतपूर्व प्रधानमन्त्री वेन जियावाओले दुई देशबीचको आधा शताब्दी लामो सम्बन्धलाई एउटै वाक्यमा यसरी भन्नुभएको छ: ‘‘चीन र नेपालबीच छिमेकीको सम्बन्धलाई हिमालय र पानीले जोडेको छ, लामो समयदेखि दुई देशका नागरिकबीच मैत्री सम्बन्ध रहेको छ, नेपालसागको सम्बन्धलाई चीनले जहिले पनि रणनीतिक र दीर्घकालीन रूपमा हेरेको छ । ’’
आधा शताब्दीभन्दा पहिले चिनियाा भूतपूर्व प्रधानमन्त्री वेन जियावाओले व्यक्त गरेका उल्लिखित भनाइहरूका आधारमा विद्यमान नेपाल–चीनबीचमा द्विपक्षीय सम्बन्धलाई विकास गर्न जनस्तरमा बढाइने जनमैत्रीको महत्व यही आधारमा स्थापित हुनु आवश्यक छ । यस्तो सम्बन्धले त्यसबेला मात्रै नयाँ उचाइ लिनेछ जब यसले जनस्तरमा आफ्नो सम्बन्धलाई विस्तार गर्न सक्नेछ । नेपाल सरकारले आफ्नो भूभागमा क…नै चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जाहेर गरिसकेको छ र एक चीन नीतिमा दृढतापूर्वक लागेको छ । नेपाल–चीनबीचमा बेलाबेलामा उत्पन्न हुने समस्या दुई देशको आपसी सम्बन्ध र व्यवहारका कारणबाट भन्दा नेपालमा रहेका तिब्बती शरणार्थी र तिनको सहयोग तथा समर्थनमा काम गर्ने तेस्रो देशको सहयोग र समर्थनमा काम गर्ने व्यक्ति र संस्थाहरूका कारण मात्रै देखिएका छन् ।
ऐतिहासिक रूपमा इ.३५८ मा मञ्जुश्री, ई.३९९मा ब…द्धभद्र, ई. ६३१मा फाइयान, ई.६३९मा युवज च्वान, स्रङचङ गम्पोसंग भृक…टीको बिवाह, ई १२४४मा अरनिको आदि यस्ता उदाहरणहरू हुन्, जसले नेपाल–चीनमैत्री सम्बन्धलाई जनस्तरमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । इतिहासदेखिको यो विद्यमान द्विपक्षीय सम्बन्धलाई कसरी आधुनिक चीन र गणतन्त्रात्मक नेपालका लागि कोशेढ…ङ्गा भएको सिद्ध गर्ने हो, त्यो हामी सबैका लागि अति नै महत्व राख्ने सवाल हो र यसका लागि सरकारी तह, गैरसरकारी तहमा मात्रै सम्बन्धलाई सीमित नराखी १,४१४.८८ कि.मि. लामो नेपाल–चीन सीमारेखा वारिपारिका जनताहरू र स्थानीय निकायहरूका बीचमा सौहार्द्र र भाइचाराको सम्बन्धलाई आधार बनाएर अगाडि बढ्नु नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने रणनीतिभित्रको एउटा महत्वपूर्ण पाटो हुनेछ । यसले नै नेपाल र चीनबीच जनस्तरमा सौहाद्र्रपूर्ण सम्बन्धको विकासद्वारा जनताका आर्थिक, सामाजिक, सांस्कृतिक, जातीय पहिचान र विकासमा मद्दत प…ग्नेछ । जनस्तरमा गरिने यस्ता कार्यले अन्त्यमा नेपालका प्रगतिशील, देशभक्त तथा चीन र चिनियाँ जनताको भलो चाहने शक्तिबीचको एकताको स्थापना र विकासमा महत्वपूर्ण पाइला हुनेछ ।