प्रभु मनी र सनराइज बैंकबीच सम्झौता

234

काठमाडौं/ प्रभु मनी ट्रान्सफर प्रालि र सनराइज बैंकबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा प्रभु मनी ट्रान्सफरका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक रामेश्वर सापकोटा र सनराइज बैंकको तर्फबाट सहायक महाप्रबन्धक रविन नेपालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सनराइज बैंकको विभिन्न स्थानमा रहेका ५३ वटा शाखा र १ वटा एक्स्टेन्सन काउन्टर तथा ६४ वटा एटीएमहरूबाट प्रभु मनी ट्रान्सफरका ग्राहकहरूले सेवा प्राप्त गर्न सक्नेछन् भने प्रभु मनी ट्रान्सफरका कुनै पनि एजेन्टहरूमार्फत बैंकमा रहेका खातामा सिधै रकम जम्मा गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here