काठमाडौं/ नायक राजेश हमाल आफ्नो प्रमुख भूमिका रहेको नयाा चलचित्र ‘बाग्मती’को प्रचारप्रसारमा सक्रिय भएका छन् । चलचित्रको प्रचारप्रसारको लागि चलचित्र ‘बाग्मती’ले कीर्तिपुरमा आयोजना गरेको साइकल यात्रा उद्घाटन गर्न पुगेका हमालले केहीबेर साइकलमै यात्रा पनि गरे ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा रंगमञ्चबाट आएका कलाकारहरू हावी हुन थालेपछि स्टारडम बनाएका हमालहरूको पोल्टामा कम चलचित्र पर्न थालेका थिए । राजेश हमालकै टाउको पोस्टरमा राखेर फिल्म चलाउन खोज्ने निर्देशकहरूले पनि पछिल्लो समय अन्य अभिनेतालाई खोज्न थालेपछि नेपाली फिल्म क्षेत्रमा हमालको दिन सकिएको पनि केही विश्लेषकहरूले समीक्षा गर्न थालेका थिए । तर पछिल्लो समय दक्षिण भारतीय निर्देशक सन्नी कोरलाले बनाएको फिल्म ‘बाग्मती’बाट भने हमाल आशावादी छन् । यस फिल्मबाट उनले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाउनेमा ढुक्क बनेका छन् ।
चलचित्रको प्रचारप्रसारसाग सम्बन्धित प्राय: कार्यक्रममा अनुपस्थित हमाल स्वयं प्रचारमा सहभागी हुनुलाई उनले आफ्नो प्रचारको महसुस गरेको वुझ्न सकिन्छ ।
सन्नी केरालाको निर्देशनमा बनेको यो चलचित्र पुसा २४ गतेबाट देशभरका हलमा लाग्दै छ ।