मेगा बैंकको ‘मेगा भिसा क्रेडिट कार्ड’

294

काठमाडौं/ मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा भिसा क्रेडिट कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले पुस १ गतेबाट लागू हुनेगरी उक्त सेवा सुरु गरेको हो । बैंकका अनुसार ‘मेगा भिसा क्रेडिट कार्ड’ स्वदेश तथा विदेशमा सञ्चालन गर्न सकिनेछ । यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत सञ्चालन हुने गरी मेगा भिसा डेबिट कार्ड ल्याइसकेको छ ।
यसैगरी, विदेश यात्रा गर्न चाहने ग्राहकलाई सजिलो हुनेगरी बैंकले मेगा भिसा ट्राभल कार्ड पनि ल्याएको छ । मेगा भिसा ट्राभल कार्ड संसारभर प्रयोग गर्न सकिने मेगा बैंकले जनाएको छ ।
मेगा बैंकले अहिले उपत्यकामा १४ वटा र उपत्यकाबाहिर १८ वटा गरी ३२ वटा आफ्नै मेगा मनी मेसिन (एटीएम) सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here