राष्ट्रपतिज्यूबाटै गल्ती भयो कि ?

291

–निमकान्त पाण्डे–
हाम्रो देशलाई संविधानमा धर्मनिरपेक्ष भनिएको छ । हिन्दू धर्मसापेक्ष मुलुकलाई धर्मनिरपेक्ष गरिएपछि क्रमिक रूपमा राजसंस्थालाई समाप्त गरियो । परन्तु राजसंस्थाका गलत परम्पराहरूलाई निरन्तरता दिने काममा गणतन्त्रात्मक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव कत्ति पनि पछि परेनन् । अझ खास गरेर भन्ने हो भने राजतन्त्रकालमा राष्ट्राध्यक्षको हैसियतमा राजाले गर्दै आएका हिन्दू धर्म संस्कारका गतिविधिहरूमा राष्ट्रपति डा.रामवरण यादवले निर्वाह गर्दै आए । देश धर्मनिरपेक्ष भइसकेपछि राष्ट्रपतिले राजाले गर्दै आएका हिन्दू संस्कारका क्रियाकलापहरूलाई निरन्तरता दिनु कति उचित थियो ? यस सम्बन्धमा यादवकै कार्यकालमा पंक्तिकारले पटक–पटक यसै स्तम्भमा सुझाव प्रस्तुत गरेकै हो । कसैका सुझावलाई मनन गर्ने र सुन्ने काम पूर्वराष्ट्रपति यादवले गरेनन् ।
यादवले बसालेको त्यो गलत परम्परालाई नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पनि निरन्तरता दिन आवश्यक ठानिन् अर्थात् भनौा प्रथम राष्ट्रपतिको सिको गरिरहेकी छिन् । जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति भण्डारीको भ्रमण गराई पूजाआजा गराउने काम भएबाट यही सन्देश प्रवाह भएको छ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले राजाद्वारा गरिंदै आएका संस्कारहरूमा सहभागिता जनाइरहादा देशमा अन्तरिम संविधान थियो । नयाा संविधानमा धर्मनिरपेक्ष लेखिने हो वा होइन भन्ने विषय छलफलमै थियो । त्यसैले पूर्वराष्ट्रपति यादवले हिन्दू धर्मका संस्कारहरूमा सहभागिता जनाउनुलाई स्वाभाविक मानिए पनि नयाा संविधान जारी भइसकेपछि त्यही संविधानलाई कार्यान्वयन गर्ने क्रममा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दू धर्मको संरक्षक बनिरहनुपर्ने आवश्यकता छैन । धर्मनिरपेक्ष मुलुकको राष्ट्रपति धर्ममा निरपेक्ष नै रहनुपर्ने हो । राष्ट्राध्यक्ष भनेको देशको राष्ट्रिय प्रतीक हो । राष्ट्रिय प्रतीकले कसरी आफूलाई चलाउने भन्ने सवालमा गम्भीरतापूर्वक सोचेर मात्र जनकपुर यात्रा तय गर्नुपर्दथ्यो । जनकपुरमा भएको घटनामा संलग्नहरूलाई मात्र दोष दिएर सरकारले उन्मुक्ति पाउन सक्दैन ।
जनआन्दोलन २०६२/०६३ पछि खुला राजनीतिमा आएको एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले भैंसी पूजा गर्नु हिन्दू धर्मका अन्धानुकरण हो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले श्रीमती गायत्री नेपाललाई खुट्टामा ढोगाएको दृश्यले कम्युनिष्ट आचरण र महिलाप्रति विभेद नगरिने भन्ने भनाई बकवास मात्र हो भन्ने पुष्टि हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी पनि कम्युनिष्ट नेतृ नै हुन् । उनलाई मन्दिरहरूमा पूजा गर्दै हिंड्नु उनको राजनीतिक आदर्शले पनि दिंदैन । त्यसैमा पनि धर्मनिरपेक्ष मुलुकको राष्ट्रपतिको हैसियतमा रहेर धार्मिक विवादमा आउन चाहन्न भनेर बस्न राष्ट्रपति भण्डारीलाई सजिलो छ । त्यसो गर्दा एकातिर उनले अपनाउादै आएको भौतिकवाद राजनीतिक चिन्तनको कार्यान्वयनको प्रयास ठहर्नेछ भने अर्कातिर गणतन्त्रात्मक मुलुकको कम्युनिष्ट राष्ट्रपतिले राजाको धार्मिक क्रियाकलापको निरन्तरता दिन नचाहेको भन्ने सन्देश पनि दिन सकिन्थ्यो ।
जनकपुरमात्र नभएर सम्पूर्ण तराई क्षेत्र आन्दोलित रहेका बखत राष्ट्रपतिले सन्देशबाटै पनि आफ्नो उपस्थिति रामजानकी मन्दिरमा पुर्‍याउन सक्दथिन् । सेनाको सुरक्षा घेरामा मन्दिरको दर्शन गर्न कम्युनिष्ट विचारबाट प्रशिक्षित राष्ट्रपति जानु कति आवश्यक थियो ? यो बहसको विषय हुन सक्दैन ।
नयाा राष्ट्रपतिले गरेर देखाउनुपर्ने धेरै कामहरू छन् । लगभग धेरैजसो कम्युनिष्ट नेताहरूले विभिन्न मन्त्रालयहरूको जिम्मेवारी सम्हालिरहेको वर्तमान अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि देश र जनताका पक्षमा गर्न सक्ने धेरै कामहरू छन् । भूकम्पपीडितहरूको अवस्था कस्तो छ भन्ने बारेमा बुझ्न राष्ट्रपतिले स्थलगत भ्रमण गरेको भए कमसेकम राष्ट्रपतिको जनपक्षीय काममा चासो रहेको स्पष्ट हुन्थ्यो । भूकम्पपीडित जनताले पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई स्थलगत भ्रमणमा देख्न पाएनन् । नयाा राष्ट्रपतिले यसमा चासो देखाएको भए भूकम्पपीडित जनताका बीचमा कति लोकप्रिय बन्न सक्दथिन् होला ? कल्पना गर्न सकिन्छ ।
नयाा राष्ट्रपतिले परम्परालाई नै निरन्तरता दिने हो भने त्यो जति कमजोरी केही हुनेछैन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले राजाद्वारा गरिने कर्मकाण्डहरूलाई मात्र निरन्तरता दिएकाले उनी यस्ता काममा आलोचित पनि हुादै आएका हुन् । यादवले सडकमा निस्कादा पनि राजाकै सवारीको शैलीमा सडकजाम गराउादा आलोचित भएको घटनाहरूतर्फ पनि नयाा राष्ट्रपतिको ध्यान पुग्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here