राष्ट्रपतिमाथिको अपमान सम्पूर्ण महिला र राष्ट्रमाथिकै अपमान हो

239

राज्यलक्ष्मी शाक्य
हालै मात्र विवाह पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिरको भ्रमण गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मधेशी दलका कार्यकर्ताहरूबाट अपमान सहनुपर्‍यो । विगतका राष्ट्रप्रमुखहरूले जस्तै यस पटक नवनिर्वाचित राष्ट्रपतिले पनि विगतको परम्परालाई निरन्तरता दिन खोज्दा आफ्नै नागरिकहरूबाट अपमानित हुनुपर्‍यो । भ्रमणका बेला राष्ट्रपतिमाथि आक्रमणको प्रयास मात्र गरिएन, उनी पूजा गरेर फर्किएपछि मन्दिर नै अपवित्र भयो भनेर चोख्याउने काम समेत भयो । राष्ट्रपति भण्डारीको भ्रमणपछि कथित रूपमा मन्दिर चोख्याउनेहरूको तर्क छ, विधवा राष्ट्रपतिले मन्दिरको पूजा गरेकाले मन्दिर अपवित्र भयो । एउटा सचेत र मानवता भएको मानिसबाट यस्तो किसिमको अपमानको कल्पना समेत गर्न सकिादैन । तर मधेशी दलका कार्यकर्ताहरूबाट त्यही भयो जुन नहुनुपर्ने थियो ।
नेपाल जस्तो तेस्रो विश्व मुलुकमा महिलाहरूले सर्वोच्च पद हासिल गर्नु आफौमा चुनौतीपूर्ण कुरा हो । पराम्परागत सोच र महिलामाथि हुने विभेदका कारण महिलाहरू अवसरबाट वञ्चित मात्र भएका छैनन्, विना कारण अपमानित समेत हुादै आएका छन् । तर पछिल्लो समय मुलुकले प्राप्त गरेको राजनीतिक उपलब्धिअन्तर्गत महिलाहरूले पनि मुलुकको सर्वाेच्च पदमा पुग्ने तथा उच्च स्थानसम्म पुग्ने अवसर पाइरहेका छन्, अझै पनि नेपालीहरूमा रहेको परम्परागत र संकुचित सोचका कारण उच्च पदमा पुग्ने महिलाहरूले समेत अपमान सहनुपर्ने अवस्था विद्यमान छ । यसैको ज्वलन्त उदाहरण हो राष्ट्रपतिमाथिको अपमान । राष्ट्रपति भण्डारीमाथि जुन आरोप लगाइयो अर्थात् विधवा भनेर अपमान गरियो त्यस्तो दु:ख र अपमान विगतका राष्ट्रपति रामवरण यादवले सहनुपरेन । किनभने यादव एक जना विदुर हुादाहुादै पनि पुरुष थिए । पुरुष भएकै कारणले उनले पूजाआजा गरेका मठमन्दिरलाई चोख्याउनुपरेन र कुनै अपमान सहनुपरेन, जुन महिला भएकै कारण भण्डारीले सहनुपर्‍यो ।
विश्व एक्काइसाौ शताब्दीको सूचना र प्रविधिको युगबाट फड्को मार्दै छ । यो युगमा विश्वका हरेक मुलुकले आफूलाई अरुभन्दा फरक र उदार बनाउने प्रतिस्पर्धामा छन् । तर हाम्रो मुलुक अझै पनि १७औं शताब्दीको परम्परावादी सोचबाट मुक्त हुन सकिरहेको छैन । व्यक्तिलाई लिंग, समुदाय र उसको आर्थिक अवस्थाको आधारमा होइन क्षमताको आधारमा मूल्यांकन गरिनुपर्ने समयमा हामी अहिले पनि त्यही पुरानो संकुचित धारणाबाट प्रभावित हुादै आएका छाौ, जसले गर्दा हामी आफ्नै दिदी, बहिनी, आमा, भाउजूहरूलाई अपमान गरिरहेका छाौ । सायद हाम्रो अस्तित्व तिनै नारीसाग जोडिएको छ भन्ने सोच हामीमा भइदिएको भए र जन्म, विवाह, विछोड वा मृत्यु भनेका धु्रवसत्य कुरा हुन् र एउटा व्यक्तिले भौतिक संसारमा प्राप्त गर्ने विभिन्न भूमिकाका आधारमा भेदभाव वा अपमान गर्नुहुादैन भन्ने सोच हामीमा भइदिएको भए एउटा महिला राष्ट्रपतिले जे सहनुपर्‍यो त्यो दिन आज देख्नुपर्ने थिएन ।
अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका मधेसीहरूले जनकपुरमा जुन ताण्डव नृत्य देखाए, सायद उनीहरूमा हामी पनि आफ्नो अधिकारको लागि लडिरहेका छाौ भन्ने चेतनन भइदिएको भए एक जना अधिकारको खोजी गर्नेले अर्काेको स्वतन्त्रता र सद्भावको अपमान गर्दैन थिए होला । एउटा भनाइ नै छ, ‘आफ्नो अधिकारको खोजी गर्दा कर्तव्य नबिर्स’ भन्ने तर खोई मधेशी दलहरू र तिनका नेता कार्यकर्ताले अधिकार खोज्दा आफ्नो कर्तव्य सम्झिएको ? एउटा महिलालाई विधवा भनेर अपमान गर्नेले आफ्नो अधिकारको माग गर्न सुहाउाछ । तराई आन्दोलनका नाममा राष्ट्रपतिमाथि अपमान गर्नेहरूले यो कुरा बुझ्न जरुरी छ । एउटा नारीप्रतिको कर्तव्य के हो भनेर नबुझ्नेले राज्यसाग आफ्ना अधिकारको मात्र एकतर्फी मागेर पाइन्छ भन्ने सोच राख्नु आफौमा नसुहाउने विषय हो । विद्या भण्डारी सबैभन्दा पहिले नेपाल जस्तो पिछडिएको मुलुकको एक महिला हुन् । उनीमाथि भएको अपमान एउटा व्यक्तिमाथिको मात्र अपमान होइन, समग्र नेपाली महिलामाथिको अपमान हो । त्यसमाथि उनी एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुकको राष्ट्रप्रमुख पनि हुन् । त्यसैले उनीमाथि अपमान गर्नु भनेको राष्ट्रमाथिको पनि अपमान हो । एउटा राष्ट्रप्रमुखलाई मुलुकका साास्कृतिक धरोहरमा जान पाउने वा नपाउने भन्ने विषय व्यक्तिले निर्णय गर्ने होइन । त्यो राज्यले आवश्यकताअनुसार तय गर्ने कुरा हो । त्यसैले उनीमाथि जेजस्ता अपमान र आरोपहरू लगाइएको छ, यस्ता विषयलाई अन्यत्रै विषयान्तर गरेर दोषीलाई छोड्न मिल्दैन । यस्ता घटनाहरू आगामी दिनमा नदोहोरिन नदिनका लागि बरु राज्यले दोषिमाथि कडा कारबाही गर्नुपर्छ । यस्तो हुनसक्यो भनेमात्र विभिन्न बहानामा हरेक क्षेत्र र वर्गका महिलामाथि हुने विभेदलाई अन्त्य गर्न सकिन्छ भने मुलुकको सम्मानित संस्थामाथि विभिन्न बहानामा हुने अपमान र प्रहारहरूलाई रोक्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here