हावाको पनि पैसा तिर्नुपर्ने रेष्टुरेन्ट

236

पूर्वी चीनको जियांग्सु प्रान्तस्थित झानजियागांग सहरमा रहेको एक रेष्टुरेन्टले खाना खान आउने ग्राहकले हावाको पनि पैसा तिनुपर्ने नियम बनाएको छ
अहिले चीनमा अत्यधिक वायुप्रदूषण बढिरहेको छ भने सहरलाई बाक्लो तुावालोले ढाकेको छ । त्यसकारण सो रेष्टुरेन्टले आफ्ना ग्राहकलाई ताजा तथा शुद्ध हावा खान दिएको भन्दै हावाको पनि पैसा असुल्न थालेको छ । स्थानीय सञ्चारमाध्यम सिन्ह्वाका अनुसार उक्त रेष्टुरेन्टमा ग्राहकहरूले खानेकुराको बिलमा हावा सफा गर्नेबापतको अतिरिक्त १ युआन तिर्नुपर्नेछ । हावा छान्ने प्रविधि जडान गरिएको कारण रेष्टुरेन्टले पैसा लिएको हो । तर प्रशासनले भने यो कार्यलाई गैरकानुनी भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here