ललितपुर//‘तपाईंको विश्वास हाम्रो सफलता, हाम्रो सफलता तपाईंको विश्वास’ भन्ने नाराका साथ ज्वेलर्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आङ्खनो छैटौं साधारणसभा सम्पन्न गरेको छ । यही पुस ११ गतेका दिन ललितपुरको जावलाखेलस्थित एक सभाहलमा पूर्व–मुख्यसचिव तीर्थमान शाक्यले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गर्नुभएको थियो । सभाको सभापतित्व संस्थाका अध्यक्ष किरणभाइ वज्राचार्यले गर्नुभएको थियो ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले सहकारीको विषयलाई विषयान्तर गर्दै भूकम्पपीडितहरूप्रति सरकारको उदासीनता चिन्ताजनक भएको टिप्पणी गर्नुभयो । भूकम्पपीडितहरूलाई सरकारले पनि सहयोग नगर्ने निजी क्षेत्रबाट गर्न खोजिएको सहयोगलाई निरुत्साहित गर्ने काम सरकारबाट भइरहेको जानकारी गराउनुभयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष किरणभाइ वज्राचार्यले विश्व इतिहासमा सहकारीको जन्म भएको स्मरण गर्दै नेपालको सन्दर्भमा चितवनको बखान सहकारी संस्था आरम्भसागै सहकारीको विकास हुादै हाल आएर २८ हजारभन्दा बढी विभिन्न विषयगत सहकारी संस्थाहरू दर्ता भएर संचालनमा आएको जानकारी गराउनुभयो । ललितपुरमा रहेका सुनचाादी व्यवसायीहरू, वित्तीय क्षेत्रका अनुभवी व्यक्तिहरू एवं विभिन्न क्षेत्रका दक्ष व्यक्तिहरू मिली ज्वेलर्स बचत तथा ऋण सहकारी संस्थाको स्थापना ०६५ चैत १९ गते सहकारी ऐन २०४८ बमोजिम दर्ता गरी ०६६ वैशाख १४ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आएको जानकारी गराउनुभएको थियो ।
देशमा भर्खरै गएको विनाशकारी भूकम्पबाट भएको सदस्यहरूको वास्तविक क्षति विवरण संकलन गरी आवश्यक परेका सदस्यहरूको घरदैलोमै राहत रकम उपलब्ध गराई राहत प्रदान गरिएको जानकारी गराउादै वज्राचार्यले महाभूकम्पपश्चात् पनि मुलुकमा कायम नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्था, लगानी वातावरण ज्यादै नै संकुचित हुनु, राजनैतिक अस्थिरता, स्पष्ट नीतिनियमको अभाव, दिगो शान्तिको अभावमा वित्तीय क्षेत्रलगायत सहकारीमा समेत नकारात्मक प्रभाव पर्न गएको उल्लेख गर्नुभयो ।
संस्थामा २०७२ असार मसान्तसम्म सदस्य संख्या ६५५ पुगेको र त्यसमध्ये पुरुष सदस्य ३१६ जना र महिला सदस्य ३३९ जना रहेको जानकारी पनि वज्राचार्यले गराउनुभयो ।
संस्थाको विभिन्न बचत शीर्षकमार्फत २०७१/०७२ आ.व.को अन्तसम्ममा बत्तीस करोड उन्सत्तरी लाख सन्ताउन्न हजार दुई सय त्रिपन्न रूपैयाा उनान्साठ्ठी पैसा बचत संकलन गर्न सफल भएको पनि वज्राचार्यको जानकारी गराउनुभयो ।
संस्थाको सेयर पुाजी आ.व. ०७०/०७१ को असार मसान्तसम्म चौरानब्बे लाख अन्ठाउन्न हजार छ सय रहेकोमा आ.व.०७१/०७२ को असार मसान्तभित्र एक करोड सात लाख नब्बे हजार दुई सय पुगेको जानकारी पनि वज्राचार्यले गराउनुभयो । सभामा संस्थाका लेखा तथा भूपरिवेक्षण समितिका संयोजक सुरेन्द्र कुमार शाक्यले आव ०७१/७२ को प्रतिवेदन र संस्थाका कोषाध्यक्ष विपिन शाक्यले आयव्यय विवरण पेश गर्नुभएको थियो । सभालाई नेपाल सुनचाादी व्यवसायी संघका अध्यक्ष मणिरत्न शाक्यले सम्बोधन गर्दै ललितपुरका सुन–चाादी व्यवसायीहरूबाट भएको सहकारीको प्रयास ज्यादै प्रभावकारी रहेको भन्दै यस सहकारीवाट सिक्नुपर्ने धेरै विषयहरू रहेको उल्लेख गर्नुभयो । साधारणसभालाई सहकारी विकास बोर्डका निर्देशक शिव घिमिरेले सम्बोधन गर्दै सहकारीबारे विशेष जानकारी प्रस्तुत गर्नुभएको थियो । सभालाई ललितपुर प्रहरी प्रभागका प्रहरी उपरीक्षक सुशील कुमार यादवले पनि सम्बोधन गर्नुभएको थियो । सभाको उद्घाटन सत्रको कार्यक्रम संस्थाका सहसचिव सुविन वज्राचार्यले गर्नुभएको थियो भने अन्त्यमा रूपकुमार शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।