–निमकान्त पाण्डे–
बाबुरामजी म तपाईंको हितैषी हुा । गत सोमवार राति तपाईंले आङ्खनो फेसबुकमा राख्नुभएको नौ बुादे गन्थन पढ्न पाउादा मलाई आश्चर्य लागेर आयो । देशको प्रधानमन्त्री भइसकेको तपाईं जस्तो व्यक्तिबाट दशवर्षे जनयुद्धका तयारीकै सहयात्री नेताविरुद्ध तथ्यहीन आरोपहरू लगाएर सामाजिक सञ्जालमा राखिएको तपाईंको ‘दुश्प्रचारको प्रतिवाद’ आधारहीन गन्थनबाहेक केही मान्न सकिने अवस्था छैन ।
सर्वप्रथम त तपाईंसाग परिचय हुादाको अवस्था यतिबेला मेरो सम्झनामा आइरहेको छ । २०३७ सालमा भारतको वाराणसीमा अखिल भारत नेपाली विद्यार्थी संघ (अभानेविसंघ) को सम्मेलन स्थलमा तपाईंसाग मेरो परिचय हुादाको अवस्था र आजको तपाईंको अवस्थाबीच तुलना गर्दा मैले तपाईंलाई सफल राजनीतिक व्यक्तित्वको रूपमा स्वीकार गर्नसक्ने अवस्था छैन । देशको प्रधानमन्त्री बन्नु मात्र सफलता होइन । प्रधानमन्त्री बनेर तपाईंले देश र जनताको लागि के गर्नुभयो ? त्यसैमा सफलता र असफलताको भेद छुट्याउनुपर्दछ ।
तपाईंसाग मेरो दोस्रो भेट २०३७ सालमै भारतको नयाा दिल्लीमा तपाईंले अध्ययन गर्दै गरेको जवाहरलाल नेहरू विश्वविद्यालयको छात्रावास प्रांगणमा भएको पनि मलाई सम्झना आइरहन्छ । त्यो बेला तपाईं र हिसिला यमीबीच भर्खरै विवाह भएको थियो । विवाहित दम्पतीका रूपमा तपाईंहरूलाई भेट्न पुगेका त्यो बेलाका भूमिगत कम्युनिष्ट नेताहरू मोहनविक्रम सिंह र निर्मल लामासाग तपाईंको कोठामा मेरो पनि भेट भएको थियो । त्यो बेला निर्मल लामामा भन्दा बढी क्रान्तिकारिता तपाईंमा देखिन्थ्यो । निर्मल लामाले ‘अब त आफू मरे पनि सहिद भइन्छ’ भनेर बोल्दा तपाईंले लामाजीलाई दिएको जवाफ मेरो कानमा अहिले गुञ्जिरहन्छ । तपाई पनि त्यो बेला भर्खरै मात्र कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो । कम्युनिष्ट पार्टीको सदस्य बन्दाखेरिको क्रान्तिकारिता नै तपाईंको आजको व्यक्तित्व हो भन्ने कुरा तपाईंले भुल्नुहुादैन ।
तपाईं आङ्खनो नेतृत्वप्रति नै असहिष्णु बन्ने तपाईंको विगत पनि मलाई सम्झना भइरहन्छ । ०४७ सालतिर कुनै दिन तपाईंले लेख्नुभएको थियो– ‘प्यूठानबाट बसको यात्रामा एक जना वृद्धले मलाई बाबुराम भनेर चिनेपछि भगवान्लाई नै भेटे जस्तो गरे ।’ तपाईंको यो चिन्तन कति दरिद्र थियो ? तपाई स्वयम्ले समीक्षा गर्नुभएकै होला ! त्यो बेला मैले सम्पादन गर्ने योजना साप्ताहिकमा तपाईंलाई पुग्नेगरी जवाफ दिइसकेको हुादा यहाा त्यही विषयलाई दोहोर्याएर लेख्नु उपयुक्त लाग्दैन ।
निर्मल लामा आज हामीबीच हुनुहुन्न, तर तपाईंको राजनीतिक व्यक्तित्व विकासका निम्ति मार्गदर्शकका रूपमा भूमिका निर्वाह गरेका मोहनविक्रम सिंह आजै पनि जीवित हुनुहुन्छ । सिंहले एक पटक तपाईंलाई ‘व्यक्तित्ववादी’ भनेर लेख्नुभएको थियो । आजका दिनहरूसम्म आइपुग्दा तपाईंमा अन्तरनिहित ‘व्यक्तित्ववाद’ कति घातकसिद्ध भइरहेको छ भन्ने कुरा तपाईं स्वयम्ले महसुस गर्नुपर्दछ ।
तपाईं जनयुद्धमा जानुभन्दा केही महिना पहिले मलाई प्रचारको जिम्मेवारी सम्हाल्न प्रस्ताव गर्नुभएको पनि मलाई सम्झना भइरहन्छ । युद्धकालभरि नै तपाईंको त्यो प्रस्ताव मेरो मानसपटलमा घुमिरहन्थ्यो । मैले तपाईंको प्रस्ताव स्वीकार गरेको भए युद्धकालमा मारिएका मेरा अनन्य मित्र कृष्ण सेनको नियति सायद मैले भोग्नुपथ्र्यो होला ! अथवा प्रचारको जिम्मेवारीवाट पार्टीको भूगोल सम्हालेर हिाडेको भए विष्णु पोखरेल वा यानप्रसाद गौतमकै नियति पो भोग्नुपथ्र्यो कि ? अथवा हजारौं दिवंगत योद्धाहरूको नियति पो मैले भोग्नुपथ्र्यो ?
तपाईले आज आङ्खनै पार्टीका नेता दशवर्षे जनयुद्धका सर्वोच्च कमाण्डरका विरुद्ध बडो विचित्र किसिमले आक्रमण सुरु गर्नुभएको छ । एमाओवादी पार्टीबाट तपाईंको बहिर्गमनपछि तपाईंले आङ्खना सहकर्मीविरुद्ध आरोप लगाउादा सबैलाई उत्सुकता हुनु स्वाभाविक हो । तपाईंले अरुलाई आरोप लगाउादा आफूबाट भएका गल्ती कमजोरीहरू पनि खोतल्नुपर्दछ । तपाईं नै देशको प्रधानमन्त्री भएका बखत जनमुक्ति सेनाको विघटन गरियो । कति त्याग र कति बलिदानीपछि जनमुक्ति सेनाको गठन भएको थियो ? जनमुक्ति सेनाको गठन गर्दा कस्तो लक्ष्य बनाइएको थियो ? तपाईंले कुन मूल्यमा त्यो शक्तिलाई समाप्त पार्न मुख्य भूमिका निर्वाह गर्नुभयो ? त्यो कार्यले कसलाई फाइदा भयो ? पार्टीलाई वा तपाईंलाई ? कुन परिवन्दबाट प्रधानमन्त्री बन्न पाएको छु भन्ने मात्रै तपाईंले हेक्का राख्न सकेको भए जनमुक्ति सेनाको अपमानजनक विघटनको अवस्था अवश्य आउने थिएन ।
अन्त्यमा तपाईंले जन्माउन चाहेको ‘नयाा शक्ति’ बाादरको पुच्छर जस्तै हुने निश्चित छ । ‘न लौरो न हतियार’ तपाईंले त्यति ठूलो शक्तिका विरुद्ध गरेको गद्दारीले तपाईंलाई कदम–कदममा असफलताबाहेक अरु केही हात लाग्नेछैन । अब प्रचण्ड र मोहन वैद्यलाई सरापेर आफूलाई चोख्याउने सपना देख्नुभन्दा गल्ती स्वीकार गरेर विभाजित माओवादी शक्तिलाई पुनर्गठित गरेर नै नयाा शक्ति निर्माण हुन सक्नेछ । शुभेच्छासहित सहयात्राको प्रस्ताव हो यो, आगे तपाईंलाई चेतना भया !