दानवीर मालिक जसले दिए १४ सय कर्मचारीलाई महागो उपहार

294

हालै सकिएको क्रिसमसमा अमेरिकाको टेक्सासमा रहेको एक इन्धन कम्पनीका मालिकले आफ्ना कर्मचारीलाई दिएको उपहार लोभलाग्दो छ । हिलकर्प कम्पनीका सीईओ जिफ हिल्डब्रान्डले प्रत्येक कर्मचारीलाई १ लाख डलर बोनस दिने निर्णय गरेका छन् ।
सीईओको यस्तो निर्णयले कर्मचारी वृत्तमा खुसीयाली छाएको छ । सबै कर्मचारीले यस्तो उपहार प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद प्रदान गरेका छन् । यस कम्पनीमा १३ सय ८१ कर्मचारी कार्यरत छन् । कम्पनीकी रिसेप्शनिस्ट अमान्डा थम्सन भन्छिन्, ‘यो सााच्चै हृदयको उपहार हो ।’ उनले पछिल्लो १० वर्षयता यस कम्पनीमा काम गर्दै आएकी छिन् । हिलकर्पको व्यापार ५ वर्षमा बढ्नसके कर्मचारीहरूले अझै धेरै बोनस पाउने कम्पनीका सीओई र अध्यक्षले जनाएका छन् ।
कम्पनीले कर्मचारीहरूलाई यसरी बोनस दिएको यो पहिलो पटक होइन । ५ वर्षअघि कम्पनीको व्यापार राम्रो भएपछि यस कम्पनीले बोनसस्वरूप आफ्ना कर्मचारीलाई ५० हजार डलरको कार वा ३५ हजार नगद पैसामध्ये एक रोज्ने अवसर दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here