किन यस्तो कुरा बोले प्रचण्डले ?

136

भारतले तराईलाई सिक्किम र क्रिमियाजस्तै बनाउन खोजेको खुलासा
काठमाडौं/ तराईमा विगत लामो समयदेखि चलिरहेको आन्दोलन तथा झण्डै चार महिनादेखि भारतले लगाइरहेको नाकाबन्दीका बीच मधेसमा भारतीय स्वार्थका विषयमा विभिन्न आाकलन गरिरहेका बेला सत्तारुढ दल एमाओवादीका अध्यक्ष तथा सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्रका प्रमुख पुष्पकमल दाहाल प्रचण्डले भारतको खतरनाक गेम प्लानका बारेमा खुलासा गरेका छन् । अध्यक्ष प्रचण्डले दिल्लीले नेपाललाई सिक्किम, क्रिमिया र पूर्वी पाकिस्तानजस्तो बनाउन खोजेको खुलासा गरेका हुन् । क्रान्तिकारी पत्रकार संघको केन्ऽीय कार्यालयको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

प्रचण्डले भारतले नेपालका आठ जिल्ला टुक्र्याउनका लागि खतरानाक गेम प्लान बनाएको र त्यसका लागि राजनीतिक र सैन्य विङको प्रयोग गरिरहेको दाबी गरेका छन् । उनले राजनीतिक विङको जिम्मा महन्थ ठाकुर र उपेन्ऽ यादवलाई तथा सैन्य विङको जिम्मा सीके राउत र जयकृष्ण गोइतहरूलाई दिएको दाबी गरेका छन् । उनले नेपालका कुन–कुन जिल्लालाई भारतले टुक्र्याउन खोजिरहेको छ भन्ने बारेमा भने खुलाएनन् । प्रचण्डले भारतको स्वार्थअनुकूल संविधान नबनेपछि भारतले नेपालमा नाकाबन्दी लगाएको र तराईमा आन्दोलनका नाममा वितण्डा मच्चाएर मधेसलाई टुक्र्याउने योजना बनाइरहेको दाबी गरेका छन् । तराई आन्दोलन विखण्डनतर्फ उन्मुख भइरहेका बेला र आन्दोलनमा भारत सरकार तथा गुप्तचर संस्था ‘रअ’ लगायतको संलग्नता भएको भारतीय पत्रिकाले नै खुलासा गरेको केही समयपछि नै प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो । प्रचण्डले भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वव्यापी रूपमा आलोचित बनिरहेको भन्दै संविधान संशोधन हुनासाथ भारते नाकाबन्दी खोल्ने पनि प्रचण्डको भनाइ थियो । उनले संविधान जारी हुनुभन्दा केही समयअगाडि भारतीय विदेशसचिव जयशंकरले आफूहरूलाई धम्क्याएको पनि जनाए । जयशंकरले भारतले सहयोग नगरेको भए राजतन्त्र समाप्त र गणतन्त्र स्थापना नहुने भन्दै नेपालको संविधानलाई पनि भारतले नस्वीकारेसम्म विश्वले मान्यता नदिने र नेपालमा पनि कार्यान्वयन हुन नसक्ने भन्दै भारतलाई निषेध गरेर अघि नबढ्न चेतावनी दिएको प्रचण्डले खुलासा गरे । उनले डा. बाबुराम भट्टराईलाई एक वर्षपछि पार्टी अध्यक्ष दिन्छु भनेर आश्वासन दिएकाले एक वर्षसम्म पार्टीमा टिकेको भए पनि भारतीय विदेश सचिवको धम्की पछि बाबुराम पछि हटेको दाबी गरे । उनले संविधान बनाएपछि भारतले नाकाबन्दी लगाएको तर मोहन वैद्यहरूले संविधानलाई साम्राज्यवादी भनिरहेको भन्दै गुनासो गरे । आफूले विगतमा दश वर्ष जनयुद्धमा बिताएको र दश वर्ष शान्तिप्रक्रियामा बिताएकाले अझै दश वर्ष आफू बााच्ने र त्यो समय समाजवादका लागि लड्ने प्रचण्डको भनाइ थियो । उनले दुई वर्षभित्र पार्टीलाई सबैभन्दा ठूलो बनाउने र बााकी समय समाजवादका लागि बिताउने जनाएका थिए । प्रचण्डले वैद्य सागै भएको भए संविधान जारी नहुने भन्दै पार्टीमा बाबुराम सागै भएको भए पार्टीलाई बनाउन गाह्रो हुने दाबी गर्दै बाबुरामको बहिर्गमनपछि पार्टी एक नम्बर बन्ने दाबी गरे । –जनधारणा साप्ताहिकवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here