कुकुरलाई गर्दा एक जना मानिसले जेलको कालकोठरीमा पुग्नुपरेको छ । थाइल्याण्डमा कुकुरलाई अपमान गर्दा ती व्यक्तिले जेलको हावा खानु परेको हो ।
एक युवक हालै थाइ नरेश भूमिबल अदुल्यादेजको कुकुरलाई निन्दा गरेको आरोपमा पक्राउ परेका छन् । त्यहााका राजाको कुकुरलाई तथानाम भनेपछि आखिर सजायको भागी त हुनैपर्यो कानुनबमोजिम ।
थाइल्याण्डको राजकीय निन्दासम्बन्धी कानुन निकै कठोर छ । त्यसैले राजाको कुकुरलाई अपमान गर्दा समेत २७ वर्षका थनाकोर्न सिरीपाइबूनमाथि कडा जेल सजाय हुने भएको छ । थनाकोर्नले हालै फेसबुकमा राजाको कुकुरका विषयमा व्यंग्यात्मक टिप्पणी गरेका थिए । उनले फेसबुकमा पोष्ट गरेका ३ वटा तस्बिरहरूमा राजाको कुकुरमाथि पनि व्यंग्य गरिएको थियो । राजा तथा उनको कुकुरका विषयमा व्यंग्यात्मक तस्बिर सेयर गरेको, त्यसमा लाइक गरेको तथा बढिरहेको भ्रष्टाचारका विषयमा समेत एक इन्फोग्राफ फेसबुकमा सेयर गरेको आधारमा उनीमाथि राजद्रोह, राजनिन्दा तथा कम्प्युटर अपराधको अभियोग दर्ता गरिएको छ । यो अभियोग प्रमाणित भएमा उनीमाथि ३७ वर्षसम्मको जेल सजाय हुनसक्छ ।