जनयुद्धको बाटोमा विप्लव माओवादी

128

काठमाडौं/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यक्रमलाई ‘अर्धभूमिगत’ शैलीमा अघि बढाएको छ । जनयुद्धकालीन शैलीमा पार्टीका अधिकांश नीति तथा कार्यक्रम अघि बढाएको माओवादीले पुरानै बाटो रोजेको हो ।
विप्लव नेतृत्वकोमाओवादीको युद्धको प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको छ भने जनसरकार घोषणा गर्ने क्रम जारी रहेको छ । अहिले नेकपा माओवादीको महासचिवलगायतका केही नेता ‘अर्धभूमिगत’ भएका छन् भने पार्टीले आफ्नै संसद्, सरकार र न्यायिक विभागसम्म घोषणा गरेको छ । त्यस्तै केन्द्रीय नेतादेखि कार्यकर्तासम्मलाई सैन्य तालिम दिनुका साथै वैधानिक/अवैधानिक किसिमका दुवै कार्यक्रमलाई पनि जोड दिएको छ । एकीकृत जनक्रान्तिलाई कार्यदिशा बनाई युद्धको तीव्र तयारीमा जुटेका विप्लवले कार्यकर्तालाई युद्धका लागि तयारी रहनसमेत निर्देशन दिएको स्रोतले जनाएको छ । एकीकृत नेकपा माओवादीको नेतृत्वले क्रान्तिको लक्ष्य पूरा गर्न नसकेको र गद्दारी गरेको आरोप लगाउादै छुट्टिएको माओवादीले राज्यव्यवस्था समानान्तर हुने किसिमको केन्द्रदेखि तल्लो निकायसम्मै कार्यक्रम अगाडि बढाउने र राज्यसत्ता कब्जा गर्ने कार्ययोजना अघि सारेको छ ।

प्रवक्ता प्रकाण्डले पनि सशस्त्र युद्धको लागि पार्टीले अन्तिम तयारीमा रहेको जनाए । युद्धबाट नै सत्ता कब्जा गर्नसक्ने भन्दै माओवादीले जनयुद्धलाई प्राथमिकता दिएको हो । केही समयदेखि विप्लव माओवादी जनकारबाही पनि सुरु गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here