काठमाडौं/ एकीकृत नेकपा माओवादी छाडेर नयाा शक्ति गठनमा जुटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पछिल्ला अभिव्यक्तिहरू मधेस आन्दोलनलाई सहमति गराउनेतर्फ भन्दा झन् आन्दोलन उचाल्नेतर्फ केन्द्रित देखिएका छन् । नेपालको हाल संकटग्रस्त अवस्थालाई सुल्झाउन दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै डा. भट्टराईले नेपालको हाल समस्या सीमांकन रहेको जनाउादै यथाशक्य चााडो सीमांकनमा सहमति जुटाउन जोड दिएका छन् । सीमांकन समस्याका नाममा मधेस केन्द्रित दलहरूले सम्पूर्ण तराई क्षेत्रलाई अलग गराउने र त्यसलाई भारतमा विलय गराउने गुरुयोजनाका साथ लागिरहेको हरेक कोणबाट पुष्टि भइसक्दा पनि डा.भट्टराईले नयाा शक्तिका नाममा देखाउन खोजेको भारतभक्तिलाई बौद्धिक क्षेत्रले आश्चर्यजनक रूपमा लिएको छ ।