सरकार ! भूकम्पपीडितको नाम जपेर कहिलेसम्म प्रतिष्ठा कमाउाछौ

141

राज्यलक्ष्मी शाक्य
गत वैशाख १२ गते नेपालमा गएको शक्तिशाली भूकम्पले नेपालमा मानवीय क्षति त पुर्‍यायो नै मुलुकलाई समेत लामो समय उठ्न नसक्ने गरी आर्थिक नोक्सानी पुर्‍याइदिएको छ । भूकम्पले नेपालमा धक्का दिएपछि केही समय विश्वको नजर नेपालका भूकम्पपीडितलाई सहयोग गर्नमै केन्द्रित देखियो भने स्वयं नेपाल सरकारले समेत भूकम्पपीडितलाई सहयोग गर्ने भन्दै पीडितहरूको नाम जपिरहेको देखिन्छ । सुशील कोइराला नेतृत्वको सरकार जति समय टिक्यो भूकम्पपीडितको नाम जपिनै रह्यो । संविधान निर्माणपछि केपी ओली नेतृत्वमा नयाा सरकार बन्यो । यो सरकार पनि निर्माण हुादा भूकम्पपीडितलाई तत्काल राहत दिने जनायो र अहिले पनि भूकम्पपीडितहरूलाई राहत दिने भन्दै नाम जप्नमै व्यस्त देखिन्छ । अझ अचम्म त भूकम्पपीडितमाथि राजनीति गर्दै व्यक्तिगत लाभका लागि काम गरेको भन्ने आरोप लागेका अघिल्लो सरकारका अर्थमन्त्री डा. रामशरण महतलाई चर्चित बेलायती पत्रिका द बैंकरले विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको छ । हालका गृहमन्त्री शक्ति बस्नेतले परिवारका सदस्य तथा पार्टी नेताका आफन्तलाई भूकम्पपीडितका नाममा चीन सयर गराउन सफल भए । भूकम्पपीडितलाई देखाउादै अरुले दिएको राहत तथा सरकारकै तर्फबाट वितरण गरिने भनिएको राहत सामग्रीमा घोटाला गर्दै सरकारी मन्त्री, उच्चपदस्थ अधिकारीदेखि राजनीतिक दलका नेताहरू समेत मालामाल भइसके तर वास्तविक भूकम्पपीडितहरूले भने वर्षे झरी हुादै कठ्यांग्रिदो जाडोमा ज्यान गुमाउनुभन्दा अर्काे उपलब्धि हासिल गर्न सकिरहेका छैनन् । भूकम्पपीडितका नाममा गैरपीडित मालामाल बनिरहेका छन् । उच्च अधिकारीहरू र उनीहरूका आफन्तहरूले पीडितको नाम जप्दै नाम, दाम र सम्मान पाइरहेका छन् । जब कि वास्तविक पीडितले दु:ख, कष्ट र पीडाबाहेक केही पाइरहेका छैनन् । सायदै प्रकृतिले ठगेकाहरूमाथि मानिसहरूबाट पनि ठगिने यसभन्दा गैरमानवीय, निकृष्ट र कलंकित काम अन्य मुलुकमा देख्न पाइएला ।
पछिल्लो समय भूकम्पपीडित शब्द यति धेरै चर्चित बन्यो कि सामान्य मानिसले कुनै लाभ लिने कामदेखि सरकारले आफ्नो सरकारको आयु लम्बाउनका लागि समेत भूकम्पपीडितको राहत र उनीहरूको व्यवस्थापनका महत्वपूर्ण काम गरिरहेको भन्दै आफौले आफ्नो लोकप्रियता बढाउने काम गरिरहेको पाइन्छ । तर भूकम्प गएको झण्डै एक वर्ष हुन लाग्दा समेत व्यवहारमा हात लाग्यो शून्यबाहेक पीडितले कुनै राहत वा सहयोग पाइरहेका छैनन् । यसले भूकम्पपीडितहरूको नाम दुरूपयोग गर्ने, जप्ने र गैरपीडितले लाभ प्राप्त गर्नेबाहेक कुनै आशलाग्दो काम भएको छैन भन्ने पुष्टि हुन्छ ।
हालै मात्र विभिन्न सञ्चारमाध्यमले कैयाौ भूकम्पपीडितहरूले चिसोका कारण ज्यान गुमाएका समाचारहरू प्रकाशित तथा प्रसारण भइरहेका छन् । चिसोमा भूकम्पपीडितले सहनुपरेका पीडाहरू प्रत्येक दिनजस्तो सुन्न र देख्न सकिन्छ । तर सरकार किन गम्भीर र जिम्मेवार हुन सकिरहेको छैन ? हरेक नागरिकले यसको प्रश्न खोजिरहेका छन् । सरकार अब पीडितले राहत नपाउने हो भने पीडितहरूको नाम जपेर आफ्नो कुर्सी जोगाउने खेलमा नलाग्दा हुन्छ । बालुवाटार, सिंहदबार र पुल्चोकमा न्यानो महसुस गरेर पीडितको घाउमा मलम लाग्दैन । त्यसका लागि पीडितले महसुस गर्ने गरी राहत र सहयोग वितरण गर्नुपर्‍यो । यदि व्यवहारमा देखिने गरी काम नगर्ने हो भने हरेक शब्दमा पीडितको नाम जपेर थप उनीहरूलाई पीडा महसुस हुने काम नगराआौ । किनकि उनीहरूले भूकम्पपीडितलाई आश देखाएर पहुाचमा हुनेले गाास खाने प्रवृत्तिप्रति आम मानिसहरू समेत सचेत भइसकेका छन् । त्यसैले फजुल नाम मात्रै जपेर आफ्नै सरकालाई अलोकप्रिय बनाउनुभन्दा काम गरेर पीडितको पीडामा मलम लगाउने काम गर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here