चीनमा शवदाह प्रतियोगिता

156

चीनमा हुने एउटा अनौठो प्रतियोगिताको समाचार सार्वजनिक भएको छ । त्यो प्रतियोगिता हो शवदाह सीप प्रतियोगिता । उक्त प्रतियोगिता भने चीनको राजधानी बेइजिङ सहरमा भएको थियो । उक्त प्रतियोगितामा विभिन्न सहरका मानिसहरूले शवदाह कसरी गर्ने भनेर आफ्नो सीप, कलाकौशल प्रदर्शन गर्ने र त्यसैका आधारमा अंक प्रदान गरी बिजेता घोषणा गरिएको थियो ।
हालै डिसेम्बर २७ मा भएको दाहसंस्कार सीप प्रतियोगितामा देशका ५४ जना नामूद दाहसंस्कार प्राविधिकहरूले भाग लिएका थिए । चाइना डेलीका अनुसार प्रतियोगी दाहसंस्कार प्राविधिकहरूले राष्ट्रिय दाहसंस्कार मापदण्डबमोजिम कत्तिको उत्कृष्ट तरिकाले लाशको दाहसंस्कार गर्नसके भन्ने आधारमा निर्णायकहरूले उनीहरूलाई नम्बर प्रदान गरेका थिए । त्यसमा दाहसंस्कार प्राविधिकहरूको शवदाह गृहको ढााचा र तयारी, शव ल्याउने, राख्ने तथा जलाउने प्रक्रिया, शवदाहपछि अस्तु संकलन तथा उपकरणहरू जडान तथा मर्मतलगायतका सीपको परीक्षण गरिएको थियो । सरकारी निकायले नै पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरेको हो । चिनियाा सरकारी माध्यम सिन्ह्वाका अनुसार प्रतियोगितामा उत्कृष्ट तीन स्थान बेइजिंगको बाबाओसान शवदाह गृहका दाहसंस्कार प्राविधिकहरूले हात पारे भने चौथो स्थान नानचांग सहरका प्रतियोगीको नाउामा रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here