दुर्गन्ध आउने परफ्युम बनाएर पनि कोही करोडपति भएको छ भन्दा जोकोहीलाई पनि विश्वास नलाग्न सक्छ । तर युरोपनिवासी एलन व्हाइटम्यान र एन्ड्रयु मास्टर्सले यस्तो परफ्युम बनाएका छन्, जसको नराम्रो गन्ध ३० फुट परसम्म महसुस गर्न सकिन्छ ।
उक्त परफ्युमको अत्यधिक बिक्री भएपछि यतिखेर त्यस परफ्युमका निर्माता एलन र न्ड्रयु त्यसको कमाइबाट करोडपति बनेका छन् । एलन र एन्ड्रयुको जोडीलाई पढाईलाई सधैं एउटा खेल मात्र सम्झे । त्यसैको माध्यमबाट उनीहरूले एउटा यस्तो परफ्युम आविस्कार गरे जसको गन्ध यस्तो आउाछ कि कुनै ग्यास सिलिन्डर नै फुटेको होस् । मानिसहरू यी दुई जनाले बनाएको परफ्युम एकअर्कालाई सताउनका लागि किन्ने गर्दछन् । व्हाइटम्यानलाई यस्तो परफ्युम बनाउने विचार त्यतिबेला आयो जब बाल्यकालमा उनका पिताले उनलाई एउटा केमेस्ट्री किट ल्याएर दिएका थिए । व्हाइटम्यानले उक्त किटलाई खेलौना जसरी प्रयोग गरे र त्यसबाट फरकफरक गन्ध आउने वस्तु बनाउन लागे ।