भूकम्प र नाकाबन्दीको विषम अवस्थामा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले पछिल्लो समय आफ्नो महत्वाकांक्षी योजनाहरूलाई विभिन्न कार्यक्रमहरूमा सार्वजनिक गरिरहेका छन् । लोडसेडिङको चरम अभाव सहिरहेको नेपाललाई हावाबाट बिजुली उत्पादन गरी एक वर्षभित्र लोडसेडिङमुक्त पार्ने कुरा होस् या अब नेपालमा ग्यास सिलिण्डरको ‘फेज’ समाप्त भएको भन्दै पाइपलाइनबाट नागरिकको घरघरमा ग्यास वितरण गर्ने र भित्तामा टाासिएको मिटर हेर्दै बिल तिर्ने कुरा होस्, यी कुराले प्रधानमन्त्रीको आलोचना पनि भइरहेको छ भने के प्रधानमन्त्रीले बोलेका यी कुराहरू सााच्चीकै नेपालमा सम्भव छ कि छैन ? छ भने कति समयसम्ममा यो सम्भव छ भनेर बहस पनि सुरु भएको छ । त्यस्तै प्रधानमन्त्रीको यो योजना भूकम्प, मधेस आन्दोलन, नाकाबन्दी, लोडसेडिङ, अत्यधिक चिसोको मारमा परेका पीडित जनतालाई तत्काल राहत महसुस गर्ने खालको छ कि छैन ? यो पनि बहसको विषय भएको छ ।
प्रधानमन्त्री ओलीका योजनाहरू यदि प्रयास गर्ने हो भने असम्भव छैनन् । हावाबाट नेपालमै बिजुली उत्पादन भइरहेका तथ्यहरू हामीसामु छन् । त्यस्तै पाइपलाइनमार्फत पनि दक्षिण एसियाली राष्ट्र बंगलादेश र पाकिस्तानका कतिपय सहरहरूमा ग्यास वितरण हुने गरेका कुरा पनि हामीलाई थाहा नै छ । तर त्यसो भन्दैमा नेपालमा पनि यो योजना भोलिबाटै लागू हुनसक्छ भन्ने आधार छैन । कुनै पनि कुरा सम्पन्न हुन त्यसको पूर्वाधार सर्वप्रथम आवश्यक हुन्छ । तर पूर्वाधारविना नै ती कुरा गर्ने भन्दा जो कोही पनि मजाकको पात्र बन्छ । प्रधानमन्त्रीका यी कुरा पनि पूर्वाधारविना गरिएका हुादा उनको योजनालाई अहिले सबैले हावादारी भनेर उडाइरहेका छन् । वास्तवमा देशकै नेतृत्व गर्ने प्रधानमन्त्री जस्तो व्यक्तिले कुनै पूर्वाधारविना यस्ता योजना सार्वजनिक गर्नु भनेको केटाकेटीपन नै हो । प्रधानमन्त्रीले त्यस्ता कुराको मात्र प्रतिबद्धता गर्नुपर्छ जुन उनको कार्यकालमा सम्भव हुन्छ । आफूले गरेका प्रतिबद्धता त्यो चाहे जतिसुकै सानो नै किन नहोस् त्यसले नै प्रधानमन्त्रीलाई चिरकालसम्म सम्झना गर्ने माध्यम बन्नसक्छ ।
प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्ति महत्वाकांक्षी र सस्तो लोकप्रियता कमाउनेतिर मात्रै केन्द्रित देखिन्छ । यस्ता अभिव्यक्तिले उनको छवि नै धुमिल हुने र जनतामा नराम्रो सन्देश जाने भन्दा अरु कुनै उपलब्धि हुन सक्दैन । भूकम्पपीडितहरू जाडोका कारण दैनिकजसो मरिरहेका छन् तर सरकारले न्यानो कपडा वितरण गर्न सकेको छ न त न्यानो कपडा किन्न वितरण गर्ने भनिएको रकम वास्तविक भूकम्पपीडितकहाा पुग्न सकेको छ । दैनिक खाना बनाउन नै समस्या भएकाहरूलाई पाइपलाइनको सपना देखाउनु भनेको आफौमाथि व्यंग्य गर्नु हो । त्यसकारण तत्काल सम्भव हुने कुरामा मात्र प्रधानमन्त्रीले जोड दिनसके पीडित जनताले सााच्चै देशमा सरकार रहेको अनुभव गर्नेछन् । त्यस्तो काम दुई घण्टा लोडसेडिङ कम गरेर, चिसोले मरिरहेका भूकम्पपीडितलाई न्यानो कपडा वितरण गरेर, कालोबजारी र घुसखोरी गर्नेलाई कडा कारबाही गरेर, इन्धन वितरणमा अनियमितता गर्नेलाई कठघरामा उभ्याएर पूरा गर्न सकिन्छ । हाल नेपाली जनताले सरकारसाग धेरै ठूला अपेक्षाहरू पनि गरेका छैनन् । केवल सहज तरिकाले आफ्नो दैनिकी निर्वाह गर्न र काम गरेर खान पाइयोस् भन्ने आशा गरेका छन् । सरकारले त्यस्तो वातावरण निर्माण गर्नका लागि पहल गर्न आवश्यक छ । त्यसकारण सरकारले आफ्ना महत्वाकांक्षी योजना सार्वजनिक गर्ने मात्र होइन कि देश र जनताको पक्षमा सरकारको तर्फबाट केके काम भए र केके भइरहेका छन् भनेर पारदर्शी ढंगले प्रस्तुत गर्न आवश्यक छ । अनि मात्र जनताले सरकारको योजनालाई पत्याउनेछन् ।