यसर्थ छ राष्ट्रिय एकता दिवसको सार्थकता

534

–निमकान्त पाण्डे–
नेपाल एकीकरणकर्ता नायक पृथ्वीनारायण शाहको जयन्ती मनाइरहने समयमा नेपाललाई विखण्डन गर्न तम्सिएकाहरूका तस्बिर पनि सार्वजनिक भइरहेका छन् । पृथ्वीजयन्तीका रूपमा विगत धेरै लामो समय राष्ट्रिय एकता दिवस मनाइादै आएकोमा देश गणतन्त्रमा गइसकेपछि यो दिवसको महत्व घटाइएको छ । नेपालका राजनीतिक दलका नेताहरूले राष्ट्रिय एकता दिवसलाई किन अवमूल्यन गर्न खोजेका हुन् भन्ने विषयबारे बहस गर्नुको कुनै आवश्यकता छैन । यतिबेला सबै दलका नेताहरूले देश विखण्डन हुने खतरा देखिरहेका छन् । सबै नेताका मुखबाट राष्ट्रिय एकताको आवश्यकतामा जोड दिएको पाइन्छ । यसैले पनि राष्ट्रिय एकता दिवसको महत्व कति रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
इतिहास कहिल्यै मर्दैन । वर्तमान नेपालको राजनीतिक, भौगोलिक, जातीय तथा क्षेत्रीय मागका बारेमा उठेका विषयहरूलाई आज नजरअन्दाज गर्ने हो भने हामी वर्तमान नेपालको अवस्था जो पृथ्वीनारायण शाहको एकीकरण अभियान थियो, त्यो भन्दा ज्यादै पछाडि गइरहेको छ ।
आज हामी कहाा छौा ? नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायण शाहको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । राणा शासकहरूले पनि पृथ्वीनारायण शाहलाई उपेक्षा गरेरै देशमा शासन गरेका हुन् । पञ्चायतकालको सक्रिय राजतन्त्रकालमा पनि राष्ट्रिय एकता दिवसले त्यति महत्व पाउादैनथ्यो । सामान्य रूपमा औपचारिकता निर्वाह गरेर यो दिवसलाई सरकारी विदाका रुमा मात्र मनाउने गरिन्थ्यो । नेपालको एकीकरण भएको दिनको रूपमा मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वीनारायण शाहकै उत्तराधिकारी राजाहरूले समेत महत्व नदिएपछि अरुले त झन् महत्व दिने प्रश्नै भएन तर पनि उनै पृथ्वीनारायणले निर्माण गरेको नेपालमा शासक बनेर बस्ने रहर भने सबैले गरिरहेको पाइन्छ, यो विडम्बना नै हो । पूर्वराजा फेरि पनि पृथ्वीनारायण शाहको उत्तराधिकारीको हैसियतमा बस्न चाहन्छन् भने पृथ्वीनारायण शाहलाई धिक्कार्ने डा. बाबुराम भट्टराईले पनि पृथ्वीनारायणले एकीकरण गरेको नेपालमा शासक बन्नकै लागि नयाा शक्तिको परिकल्पना गरिरहेका छन् ।
आज देशमा जातीय मुद्दालाई उठाएर नेपाली नेपालीबीच काटमार गराउने प्रयासहरू भइरहेका छन् । यसको बीजारोपण किन, कसले र कसरी गर्‍यो भन्ने विषय गम्भीर अनुसन्धानको विषय बनेको छ । जातीय विवादले उग्ररूप लियो भने त्यसलाई कुनै पनि राजनीतिक दर्शनले मत्थर पार्न सकिनेछैन भन्ने कुरा समयमै बुझ्न जरुरी छ । पृथ्वीनारायण शाहले एउटा सार्कीबाट देश निर्माणका लागि चन्दा नबटुलेका भए हामी आज नेपालीका रूपमा चिनिन सक्थ्यौा र ? पक्कै पनि काश्मिरी र नागाहरूले जस्तै कुनै स्वतन्त्र राष्ट्रको परिकल्पनामा युद्धरत अवस्थामै रहन्थ्यौा ।
वर्तमान समयमा बिसे नगर्चीका कुन सन्तानलाई हामीले उचित स्थानमा सम्मान गर्न सक्यौा ? हामी सबैले आत्मसमीक्षा गर्नुपर्दछ । आजभन्दा साढे दुई सय वर्षअघि बिसे नगर्ची नाम गरेको सार्कीको मोहर सहयोगबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान थालेबाट उनी वास्तवमै जातपातविरोधी थिए भन्ने कुरा स्पष्टै बुझ्न सकिन्छ । नेपाल एकीकरणका अभियन्ता बिसे नगर्चीका सन्तानहरू अझै पनि दलितका नाममा अपहेलित भइरहेकोतर्फ हाम्रो ध्यान किन पुगिरहेको छैन ?
पृथ्वीनारायण शाहकै सन्तान बहादुर शाहले नेपालको एकीकरण अभियानलाई निरन्तरता दिएर पश्चिममा सतलज र पूर्वमा टिष्टासम्म पुर्‍याएका थिए । यो सत्यलाई आत्मसात् गर्न हामी किन कञ्जुसी गरिरहेका छौा ? बहादुर शाहले एकीकरण गरेको नेपाली भूमि सुगौली सन्धिमा ब्रिटिश शासकहरूले लुटेर लगे । त्यो भूमि ब्रिटिश शासकहरू भागेर जाादा किन भारततिर पर्‍यो ? नेपालीको भूमि नेपालले किन नपाउने ? पृथ्वीनारायण शाहका सन्तानले एकीकरण गरेको त्यो भूमि भारतमा किन गयो ? राष्ट्रिय एकता दिवसको महत्वलाई नबुझ्नेहरूले भारतसाग त्यो भूमि फिर्ता लिन सक्छन् ? देशको लागि गर्न केही नसक्नेहरूले देश बनाउनेकै विरुद्धमा किन भ्रम सृजना गरिहन्छन् कुन्नी ? वास्तवमा यतिबेला देशभक्तहरूबीच एकताको आवश्यकता छ । त्यसैले पनि राष्ट्रिय एकता दिवसको सार्थकता झनै बढेको छ । सबैलाई चेतना भया !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here