संयुक्त महाधिवेशनको तयारीमा माओवादी पार्टीहरू

200

फुटेर होइन जुटेर मुलुकको विकास गर्न सकिन्छ भन्नेमा एकमत
काठमाडौं/ विभिन्न कालखण्डमा कार्यदिशा र नीतिप्रति असन्तुष्टि जनाउादै विभाजित हुादै आएका माओवादी शक्तिहरू पुन: एक पटक एकताका लागि जुट्न थालेका छन् । माओवादी शक्तिहरूले विगतमा पार्टी ठूलो भएको दम्भका कारण पार्टी चिराचिरा परेको भए पनि हाल मुलुकको अवस्था र अस्तित्व नै संकटमा पर्ने अवस्थामा पुगेपछि अस्तित्व रक्षाका लागि भए पनि पार्टी एकीकरणको विकल्प नभएको भन्दै एकीकरणका लागि तयार देखिएका हुन् । सच्चा कम्युनिष्टहरूको एकीकरण अहिलेको आवश्यकता भएको र माओवादी शक्तिहरूको एकताबाट मात्र मुलुकको अस्तित्व जोगिने भन्दै तत्काल अन्य कुरालाई थाती राखेर भए पनि पार्टी एकीकरणका लागि जुटेको उनीहरूको तर्क छ । उनीहरूबीच मिल्ने विषयहरूमा सहमति बनाएर पार्टी एकता गर्ने र मिल्न नसक्ने विषयलाई महाधिवेशनमार्फत टुंगो लगाउने गरी जानुपर्छ भन्ने विषयमा लगभग सहमति भइसकेको र छिट्टै एकता हुने नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता पम्फा भुसालले जानकारी गराउनुभयो । पटक–पटकको आन्तरिक छलफलपछि एमाओवादी, नेकपा (क्रान्तिकारी माओवादी) तथा अन्य माओवादी शक्तिहरू पनि एकताका लागि तयार देखिएको ती पार्टीका नेताहरूले जानकारी गराएका छन् । माओवादी शक्तिहरू माओवादीको पहिलेकै अवस्थामा भएको भए मुलुक गम्भीर समस्यामा जानबाट बच्न सक्थ्यो भन्दै माओवादी शक्तिमा देखिएको फुटका कारण मुलुक अहिलेको अवस्थामा पुगेको निष्कर्षमा पुगेका छन् ।
वैद्य नेतृत्वको माओवादीले राष्ट्रियताका विषयमा पहिलेदेखि नै अडान लिादै आएको भए पनि एमाओवादी अध्यक्ष प्रचण्ड समेत पछिल्लो समय मुलुकको अवस्थाप्रति गम्भीर बनेपछि एकताको वातावरण बनेको क्रान्तिकारी माओवादीले जनाएको छ । सो माओवादीका सचिवालय सदस्य देव गुरुङले केही दिनअघि पर्वतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड मुलुकको अवस्थाप्रति गम्भीर भएको भन्दै मुलुकको अस्तित्व जगेर्नाका लागि माओवादी शक्तिहरूको एकता अपरिहार्य भएको जनाएका थिए । उनले संविधानमा विवादित विषयहरूलाई पछि पनि सम्बोधन गर्न सकिने वा संविधान अर्काे पटक पनि लेख्न सकिने भन्दै मुलुक टुक्रिएकोमा पुन: जोड्न नसकिने भन्दै मुुलुक एक बनाइराख्नका लागि पनि माओवादीहरूको एकीकरण आवश्यकता रहेको जनाएका थिए । एमाओवादीका अध्यक्ष तथा सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्रका प्रमुख पुष्पकमल दाहाल प्रचण्डले गत साता भारतको खतरनाक गेम प्लानका बारेमा खुलासा गरेलगत्तै गुरुङले मुलुक टुक्रिन नदिन माओवादी शक्तिहरूको एकता हुन लागेको जनाएका हुन् । अध्यक्ष प्रचण्डले गत साता दिल्लीले नेपाललाई सिक्किम, क्रिमिया र पूर्वी पाकिस्तानजस्तो बनाउन खोजेको खुलासा गरेका थिए । उनले क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालयको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका थिए । प्रचण्डले भारतले नेपालका आठ जिल्ला टुक्र्याउनका लागि खतरनाक गेम प्लान बनाएको र त्यसका लागि राजनीतिक र सैन्य विङको प्रयोग गरिरहेको दाबी गर्दै त्यसका लागि राजनीतिक विङको जिम्मा महन्थ ठाकुर र उपेन्द्र यादवलाई तथा सैन्य विङको जिम्मा सीके राउत र जयकृष्ण गोइतहरूलाई दिएको दाबी गरेका थिए । उनले भारतको स्वार्थअनुकूल संविधान नबनेपछि भारतले नेपालमा नाकाबन्दी लगाएको र तराईमा आन्दोलनका नाममा वितण्डा मच्चाएर मधेसलाई टुक्र्याउने योजना बनाइरहेको दाबी गरेका थिए ।पहिलो संविधानसभापछि सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भएको माओवादी पार्टी निर्वाचनपश्चात् नेतृत्वको टकराव र विचारधारामा भिन्नता आएको भन्दै कैयाौ टुक्रामा विभाजन भएको थियो । सुरुमा पार्टी टुक्रिनुको दोष एकले अर्काेलाई लगाउादै आएका नेताहरूले फुटपछि सबै माओवादी शक्तिहरू कमजोर भएको र पार्टी फुट्नुमा आ–आफ्नो दम्भ प्रमुख कारण भएको स्वीकार गर्दै एकताका लागि तयार देखिएका हुन् । पार्टी फुटेदेखि नै एकताका बहसहरू चले पनि पछिल्लो समय संयुक्त रूपमा महाधिवेशनमा जाने र पार्टी एकीकरणको अन्तिम तयारी भइरहेको भन्ने समाचारहरू बाहिर आएपछि माओवादी शक्तिहरूको एकीकरण प्रक्रियालाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here