समाजसेवामा जुट्दै धुर्मुस र सुन्तलीको जोडी

289

काठमाडौं/ हास्यव्यंग्य टेलिसिरियलबाट चर्चामा आएका धुर्मुस र सुन्तली आजभोलि समाजसेवामा पनि उत्तिकै सक्रियताका साथ लागिपरेका छन् । भूकम्पका कारण थुप्रै नेपालीहरूको घरबार उजाडिएको बेला उनीहरूले देशविदेशबाट सहयोग रकम उठाएर पीडितलाई राहत र पुनर्निर्माणमा सहयोग गरेको कुरा अहिले चर्चामा रहेको छ ।
पछिल्लो समय उनीहरू तराईतिर पनि सहयोगका लागि सक्रिय हुन थालेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–२ का स्थानीय मुसहरहरूलाई सहयोग गर्न यति बेला उनीहरू लागिपरेका छन् । चिसोका कारण तराईमा मानिसहरू मर्ने तथा बालबालिका र वृद्धवृद्धाले अत्यधिक कष्टकर जीवन बिताउनुपरिरहेको अवस्थामा उनीहरूकै गाउाबस्तीमा पुगेर उनीहरूलाई सहयोग गर्ने धुर्मुस सुन्तलीको जोडीले प्रतिबद्धता जनाएको छ । सरकारले सरसफाइका लागि सद्भावना दूत बनाएको धुर्मुस सुन्तलीको जोडीले त्यस बस्तीका करिब ६० घरधूरीका ४ सय २० जना मानिसहरूलाई सहयोग गर्ने भएका हुन् ।
बस्तीछेउमै एक सय मिटरको दूरीमा जनता मावि छ । त्यहाा अन्य ठाउाका बालबालिका पढ्न आउाछन् । तर मुसहर बस्तीका बालबालिका विद्यालय पढ्न जान सकेका छैन । मुसहर समुदायका केटाकेटीहरू घरछेउमै विद्यालय भए पनि थोरै बालबालिका मात्रै विद्यालय जान्छन् । धुर्मुस र सुन्तलीले नजिकै रहेको विद्यालयमा पुगेर मुसहर बस्तीका बालबालिका किन पढ्न पुग्दैनन् भन्ने बिषयमा विद्यालयका शिक्षकसाग कुरा गरेका थिए ।
उनीहरूले मुसहर बस्तीको बालबालिकाहरूलाई कसरी शिक्षा प्रदान गर्ने भन्ने जिम्मेवारी शिक्षकहरूको भएको बताए । मुसहर बस्ती अवलोकन गरेर फर्किएपछि हाास्यकालाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले यो बस्तीको एकीकृत विकासको लागि आफूहरू पनि लाग्ने बताए । साथै यस बस्तीको विकासको लागि सरोकारवालाहरूलाई सहयोग गर्न सार्वजनीक रूपमा उनीहरूले अपिल पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here