अख्तियार जनतासाग नजिकिंदै

117

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनताको गुनासो सिधै सुन्न टेलिफोन सेवा सुरु गरेको छ । आयोगले जनताको गुनासो सुन्न नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ ।
आयोगको यो सेवाले जनतालाई कुनै सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाादा सरकारी कर्मचारीले दु:ख दिएका छन् भने आयोगमा जानकारी दिन सहज हुनेछ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार आयोगको सो नम्बरमा फोन आएको एकाध मिनेटभित्रै आयोगको टोली सेवाग्राहीले समस्या भोगेको स्थानमा पुग्नेछन् । नियमअनुसार हुने काम गरिदिन पनि सरकारी निकायले ढिलासुस्ती गर्ने, अनावश्यक दु:ख दिने, घुस माग्ने प्रवृत्तिलाई नियन्त्रण गर्न उक्त नम्बर प्रभावकारी बन्ने आयोगको दाबी छ । प्रवक्ता पुष्करले भने, ‘सार्वजनिक निकायको कुनै भ्रष्टाचार, घुसखोरी वा अनियमिततासम्बन्धी केही ठोस जानकारी छ भने तुरुन्त १०७ नम्बरमा फोन गर्नुस् । हामी आवश्यक कारबाही गर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here