ओली कमरेडलाई नि:शुल्क सुझाव

236

–निमकान्त पाण्डे–
कमरेड केपी ओलीको जीवन अब धेरै लामो छैन भन्ने कुरा अरुलाई भन्दा उहाा स्वयंलाई अवगत छ । ओली कमरेडलाई सम्पत्ति मोह हुनुपर्ने पनि कुनै कारण छैन । उहााका छोराछोरी नै नभएपछि कसको लागि सम्पत्ति जोड्ने ? देशको विकास गर्नु जत्ति ठूलो सम्पत्ति ओली कमरेडका लागि अरु केही हुन सक्दैन भन्ने कुरा ओली कमरेडले नबुझ्नुभएको होला भन्न सकिंदैन । तर पनि कुन्नी किन हो नबुझे गरिरहनुभएको छ र कुहिरोको कागझैं बनिरहनुभएको छ ।
कमरेड केपी ओली १४ वर्ष जेल जीवन बिताएका व्यक्ति हुनुहुन्छ । त्यही १४ वर्षको जेल जीवनले नै उहाालाई नेता बनाएको हो । त्यो लामो जेल जीवन जुन उद्देश्यका निम्ति भोगिएको हो, अब त्यो एक किसिमले प्राप्त भएको छ । ‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने राजनीतिक मान्यताका साथ हतियार बोकेर ‘वर्गशत्रु सफाया अभियान’ले १४ वर्षको जेल जीवन भोग्नुपरेको हो भन्ने कुरा कमरेड ओलीले बिर्सिन सक्नुहुन्न । आज शान्तिपूर्ण राजनीतिले सत्ता प्राप्त गराएको छ । परन्तु यो सत्ता प्राप्तिका पछाडि झापा विद्रोहको इतिहास महत्वपूर्ण छ । झापाबाट सशस्त्र विद्रोहको सुरुवात नभएको भए ओली कमरेडको राजनीतिक व्यक्तित्व कहाा खुम्चिएर बसेको हुन्थ्यो होला ? कल्पना गर्न सकिन्छ । झापाबाट सशस्त्र विद्रोह सुरु नभएको भए न त ओली कमरेडले त्यो विद्रोहमा सहभागिता जनाउनुहुन्थ्यो न त १४ वर्षसम्म जेलमा नै बस्नुपर्दथ्यो । त्यसैले आज प्रधानमन्त्री पदमा पुग्नुका पछाडि सशस्त्र विद्रोहको भूमिका नै महत्वपूर्ण छ भन्ने कुरा ओली कमरेडले भुल्नुहुादैन ।
सशस्त्र विद्रोह सधैंभरि आवश्यक हुादैन । सधैंभरि हतियार उठाएर मात्रै युद्ध जितिन्छ भन्ने कुरासाग पनि सहमत हुन सकिादैन । तथापि सशस्त्र विद्रोह एउटा कालखण्डमा आवश्यक थियो भन्ने कुरासाग असहमति जनाएर निकै शान्तिप्रेमी बन्न खोज्नु गलत हो । ओली कमरेडले जेलबाट भाग्ने कमरेडहरूलाई उग्रवादी देख्नु र अझै पनि हतियार उठाउन खोज्ने राजनीतिक शक्तिहरूलाई उपहास गर्नुले उहाा आफूले पनि सशस्त्र विद्रोह गरेरै आएको हो भन्ने सत्यलाई अस्वीकार गर्न खोजे जस्तो महसुस हुन्छ ।
हो ! निश्चय पनि शान्तिपूर्ण तरिकाले ओली कमरेड देशको कार्यकारी प्रमुख बन्न सफल हुनुभएको छ । त्यसो त १० वर्षसम्म जनयुद्ध लडेर आएका कमरेड प्रचण्ड र बाबुराम भट्टराईदेखि लिएर एमालेकै नेताहरू झलनाथ खनाल र माधव नेपाल पनि हाम्रो देशको कार्यकारी प्रमुख बन्न पाउनुभएकै हो । कार्यकारी प्रमुख बन्नु मात्रै ठूलो कुरा होइन भन्ने यथार्थलाई ओली कमरेडले आत्मसात् गर्नु जरुरी छ । कम्युनिष्ट नेताहरूलाई देशको कार्यकारी प्रमुखका रूपमा पाउादा पनि नेपाली जनताले पञ्चायतकालको शासनभन्दा फरक अनुभूति गर्न पाउादैनन् भने त्यो जति लाजमर्दो कुरा के हुन्छ ?
सबै कम्युनिष्टहरूले साम्यवादको परिकल्पनामा राजनीतिको सुरुवात गरेका हुन्छन् । परन्तु साम्यवादी समाजको परिकल्पना परिकल्पनामै हराउने गरेको छ । रुस र चीनमा ठूला–ठूला युद्धबाट विजयी भएर कम्युनिष्टहरू शासनसत्तामा पुगेका भए पनि ती देशहरूमा साम्यवादी समाज निर्माण हुन सकेको पाइएन । बरु प्रतिक्रान्ति भएर उल्टो यात्रा सुरु भएका छन् । त्यसैले युद्धमा विजयी भएर प्राप्त गरिएको सत्ताबाट मात्र देशको विकास गर्न सकिन्छ कुरा सत्य भन्ने इतिहासले पुष्टि गरिसकेको छ । देशको विकास हुनु र जनताको आर्थिक अवस्थामा सुधार आउनु नै राजनीतिक सफलता हो भन्ने कुरालाई मनन गरेर काम गर्ने हो भने असम्भव कुरा केही छैन । ओली कमरेड प्रधानमन्त्रीमा आसीन भएपछि केही आशालाग्दा प्रतिबद्धताहरू व्यक्त गरिरहनुभएबाट उहााप्रति आशा गर्नु स्वाभाविक हुन्छ । भारतको नाकाबन्दीले गर्दा नेपाली जनता मर्माहत भएका छन् । यस्तो अवस्थामा भारतप्रतिको हाम्रो निर्भरता कति गलत रहेछ त भन्ने बु¤न सहज पनि भएको छ । अब भारत निर्भरताबाट मुक्ति पाउन निश्चय पनि इन्धन उत्खनन र विद्युत् उत्पादनमा समय खर्चिनु नै दीर्घकालीन रूपमा समस्या समाधानको उपाय हुन सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here