नेपालबाटै भारतलाई ‘ग्रिन सिग्नल’

305

काठमाडौं/ नेपालका राजनीतिक दलहरु तथा स्वयं सरकार समेतले नेपालको आन्तरिक मामिलामा भारतलाई ‘ग्रिन सिग्नल’ दिएर थप खेल्ने वातावरण बनाइदिएका छन् । भारत आफौ नेपालमा हस्तक्षेप गर्न आइरहेको छैन बरु नेपालकै तर्फबाट त्यो वातावरण बनाइएको छ भन्ने कुरा तमाम गतिविधिहरुले पुष्टि गरिरहेका छन् । नेपालमा संविधान निर्माण भएपछि आफ्नो भूमिकालाई सम्बोधन नगरिएपछि आक्रामक बनेको भारतलाई प्रमुख दल, मधेसवादी दल र स्वयं सरकारले समेत महत्वपूर्ण भूमिकामा उपस्थित गराउन खोजेपछि भारतले मौकाको फाइदा उठाउादै आफ्नो भूमिकालाई पुन: नेपालले सम्बोधन गर्न खोजेको रुपमा लिइरहेको छ ।
संविधान निर्माणका बेला भारतलाई चुनौती दिादै भारतीय हस्तक्षेपको चर्काे आलोचना गर्दै आएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि समस्या समाधानका लागि विकल्पको खोजी गर्नुको सट्टा चीनसाग हुन लागेको व्यापारिक सम्झौतालाई समेत बेवास्ता गर्दै भारतसाग झुक्न खोज्नु, नेपाली कांग्रेसलगायतका ठूला दलहरुले भारतीय दबाबअनुसार संविधान संशोधनको प्रस्ताव अघि नबढाउादा संसद अवरुद्ध गर्नेदेखि मधेसवादी दलका नेताहरुका आफ्ना गुनासाहरु लगेर भारतीय दूतावासदेखि साउथ ब्लकसम्म धाउनेखालका गतिविधि गर्नुले नेपालका दलहरुले जसरी पनि भारतलाई नेपालमा हावी गराउन खोजिरहेको पुष्टि हुादै गएको छ ।
भारतीय नाकाबन्दीपछि अन्य छिमेकी मुलुकसाग व्यापार सम्झौता गर्ने तथा वैकल्पिक उपायको खोजी गर्नुको सट्टा भारतीय दूतावास र भारतको उच्च नेतृत्वसमक्ष रोईकराई गर्नु र मधेसमा आन्दोलन गरिरहेका दलका नेताहरुले समेत मुलुकको आन्तरिक मामिला आन्तरिक रुपमै समाधान गर्नुको सट्टा आफ्नो बासस्थान नै भारतीय दूतावास वा दिल्ली दरबारमा गराउनुले भारतलाई जबर्जस्ती हावी बनाउन खोजेको पुष्टि हुन्छ । हालै मात्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो दिल्ली दरबारबाट सिधै लैनचौर दरबारमा बिन्ती बिसाउन गएको पाइयो । विराटनगरमा आन्दोलनका क्रममा घाइते भएको भन्दै उपचारका लागि दिल्ली पुगेका उनी दिल्लीबाट आएलगत्तै लैनचौर पुगेका थिए । त्यस्तै मधेसवादी दलकै अर्का प्रभावशाली नेता महन्थ ठाकुरले समेत आइतबार भारतीय राजदूत रञ्जित रायलाई भेटेर सरकारलाई सहमतिमा ल्याइदिन आग्रह गरेको समाचार सार्वजनिक भएको छ । ठाकुर राजदूत रायसाग भेटेलगत्तै उपचारको बहानामा दिल्ली हानिएका छन् ।
मुलुकमा हाल उत्पन्न परिस्थिति समाधानका लागि सरकार तथा राजनीतिक दलहरुले चीनसागको व्यापार र अन्य मुुलुकसागको व्यापार वृद्धिलाई पहिलो प्राथमिकता दिनुपर्ने भए पनि उनीहरु भारतसाग ‘त्वम् शरणम्’ गर्ने र भारतलाई जसरी पनि नेपालमा हावी गराउने पक्षमा रहेको पुष्टि हुादै गएको छ । नेपाल सरकार र यहााका दलहरुको गतिविधि हेर्दा नेपालले भारतीय दूतावास तथा साउथ ब्लकमा गएर त्यहााको राज्य सरकारले केन्द्र सरकारसाग आफ्ना माग पूरा गराउन माग गरे जस्तै देखिएको छ । यसले नेपाल मामिलामा अनावश्यक गतिविधि गरिरहेको भारतलाई नेपालमा आफ्ना थप गतिविधि बढाउन सहज वातावरण तयार भइरहेको विश्लेषण विश्लेषकहरुले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here