मनाइयो ‘नो प्यान्ट’ अभियान

234

विश्वका विभिन्न देशमा ‘नो प्यान्ट’ अर्थात् पाइन्ट फुकाल्ने दिवस मनाइएको छ । यो दिवस जनवरी १० का दिन मनाइएको हो ।
विश्वका विभिन्न देशमा लोकप्रिय हुादै गइरहेको यो अभियान युवायुवतीले विशेष भाग लिने गरेका छन् । यो दिवसका अवसरमा मानिसहरू सबवेमा यात्रा गर्दा पाइन्ट लगाउादैनन् । नो प्यान्ट अभियान अर्थात् पाइन्ट नलगाउने अभियानको सुरुवात सन् २००२ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको थियो । ७ जना युवाहरूले रमाइलोका लागि यस्तो गज्जबको आइडिया फुराएका थिए । ती युवाहरू पूरै एक दिन रेलको यात्रामा पाइन्ट नलगाइकनै रहे । तर केही समयपछि उनीहरूलाई अश्लीलता फैलाएको भन्दै प्रहरीले गिरफ्तार गर्‍यो । यद्यपि उनीहरूले छिट्टै छुटे । अनि अर्को वर्ष पनि एक दिन पाइन्ट फुकालेर घुम्ने कामलाई निरन्तरता दिए, अलिक प्रचारप्रसार गर्दै । विस्तारै अन्य मानिसहरूले पनि उनीहरूलाई साथ दिए र पाइन्ट फुकाल्ने दिवसमा मानिसहरूको सहभागिता बढ्दै जानुका साथै यो अभियानमा विभिन्न देशमा फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here